नेपाली लेखक सङ्घलाई काङ्ग्रेसको शुभेच्छुक संस्था बनाउन माग – Sarangi News

पोखरा । नेपाली लेखक सङ्घ गण्डकीको पहिलो सचिवालय बैठकले  नेपाली लेखक सङ्घलाई नेपाली काङ्ग्रेस पार्टीको वैधानिक शुभेच्छुक संस्थाका रूपमा व्यवस्था गर्न नेपाली लेखक सङ्घ केन्द्रीय कार्यसमितिसित जोडदार माग गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

नेपाली लेखक सङ्घ, गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारीको अध्यक्षता बसेको बैठकले आफ्नो तीन वर्षे कार्यकालमा गरिने कार्यक्रमहरूको खाका तय गर्नुका अतिरिक्त १३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

विचार, अभिव्यक्ति र लेखकीय स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आइरहेको लोकतान्त्रिक मूल्य र मान्यताहरूमा आस्था राख्ने साहित्यकारहरूको साझा संस्था नेपाली लेखक सङ्घको पहिलो अधिवेशनबाट बनेको सचिवालयमा अध्यक्ष डा. अधिकारीका अलावा निरू केसी, सञ्जीव पौडेल, दीपक समीप, रमेशचन्द्र घिमिरे, लक्ष्मण थापा र अमृत क्षेत्री रहेका छन् | सचिवालयले सङ्घले आउँदा दिनमा आयमूलक कार्यक्रमका अतिरिक्त विचार गोष्ठी, काव्य उत्सव, तथा बहसमूलक साहित्यिक कार्यक्रम, वैचारिक प्रकाशन सम्भाव्यताका आधारमा सञ्चालन गर्दै जाने निर्णय गरेको छ । आफ्नो कार्यसमितिको विस्तारित बैठकहरू प्रदेश अन्तर्गतका ११ वटै जिल्लाहरूमा क्रमैसित जिल्ला कार्यसमितिहरूसित समन्वय गरी विविध कार्यक्रमहरूसहित गर्ने निर्णय गरिएको बताइएको छ ।

२००७ सालको क्रान्तिपछि अभिव्यक्ति स्वतन्त्रता पक्षधर स्रष्टाहरूको भेलाले साहित्यकार ऋद्धिबहादुर मल्लको अध्यक्षतामा विश्वेश्वरप्रसाद कोइराल, हृदयचन्द्रसिंह प्रधान, नारायणप्रसाद बाँस्कोटा, गोविन्दबहादुर मल्ललगायतको सहभागितामा गठित यस ऐतिहासिक संस्थामा लेखनाथ पौडेल, बालकृष्ण सम, विजय मल्ल, माधवप्रसाद घिमिरे, केदारमान व्यथित, जनार्दन सम, भवानी भिक्षु, सत्यमोहन जोशी, ईश्वर बराल, रुद्रराज पाण्डे लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो ।

‘स्थापनाकालीन समयदेखि आजका दिनसम्म प्रजातान्तिक मूल्य-मान्यता र लेखकीय स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पहरेदारी गर्दै आएको यस संस्थामा लोकतन्त्रमा आस्था राख्ने स्रष्टा मात्रै सदस्य हुने व्यवस्था छ, जसले गर्दा यो स्वाभाविक रूपमा नेपाली काङ्ग्रेस पार्टीको शुभेच्छुक हो’ अध्यक्ष अधिकारीले भने, ‘वीपीले भनेझैँ हामी राजनीतिमा नेपाली काङ्ग्रेस पार्टीसित सम्बद्ध छौं, तर लेखनमा स्वतन्त्र छौँ ।’ यस अर्थमा, अहिलेको परिप्रेक्ष्यमा नेपाली लेखक सङ्घ, नेपाली काङ्ग्रेस पार्टीको वैधानिक शुभेच्छुक संस्थाका रूपमा हुनु अपरिहार्य जस्तै भएकोले पनि नेपाली लेखक सङ्घ गण्डकीले नेपाली लेखक सङ्घ केन्द्रीय कार्यसमितिलाई आवश्यक व्यवस्था मिलाउन जोडदार माग गर्ने सर्वसम्मत निर्णय गरेको जानकारी गण्डकी अध्यक्ष डा. अधिकारीले गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP