४ हजार शिक्षककाे विज्ञापन पुनः खुल्ने, शिक्षक सेवा आयोगकाे यस्ताे छ तयारी – Sarangi News

पाेखरा । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शिक्षक नियुक्तिका लागि रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ ।

केन्द्रले प्राथमिक तहमा तीन हजार १८६, निम्न माध्यमिक तहमा ४२३ र माध्यमिक तहमा ३३२ पद रिक्त रहेको तथा सोमा विज्ञापन गरी पदपूर्ति गरिदिन आयोग समक्ष पत्राचार गरेको छ । हरेक वर्षको असोज मसान्तभित्र यस्तो विवरण आयोगलाई बुझाइसक्नुपर्ने नियम छ । तर केन्द्रले आज सो विवरण बुझाएको केन्द्रको शिक्षक व्यवस्थापन शाखाका एक पदाधिकारीले जानकारी दिए । गत वर्ष करिब १७ हजार पद संख्यामा आवेदन माग गरिएकोमा यसपटक सो संख्या ह्वात्तै घट्ने देखिएको छ । गत वर्ष माध्यमिक तहमा सिफारिस नभएका ३७० जना पनि यसपटकको विज्ञापनमा समेटिने भएको छ ।

गत वर्ष आयोगले प्राथमिक तहमा १३ हजार ८५, निम्न माध्यमिक तहमा दुई हजार ५९४ र माध्यमिक तहमा एक हजार ५५२ पद संख्यामा आवेदन खुलाएको थियो । त्यसमध्ये हालसम्म माध्यमिक तहमा शिक्षक छनोट गरी सिफारिस गरिसकिएको छ भने निम्न माध्यमिक तहको नतिजा धमाधम सार्वजनिक भइरहेको छ । निम्न माध्यमिक तहको नतिजा सकिएपछि प्राथमिक तहको सार्वजनिक गरिने आयोगले जनाएको छ ।

गत पटक माध्यमिक तहमा करिब ३६ हजारले, निम्न माध्यमिक तहमा करिब ६३ हजारले र प्राथमिक तहमा करिब ६४ हजारले आवेदन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

एमाले नेता जमिन्द्रमान घलेको प्रेस चौतारी लमजुङ अध्यक्षलाई अनुचित दवाव!

जबर जस्ती करणीको मुद्दा मिलाउनेमा दान बहादुर उपर उजुरी।

एक सैनिकको अर्को युद्ध :समाज परिवर्तन

मध्यनेपाल नगरपालीकाले पनि भोलि देखि स्कुल सन्चालन गर्न विज्ञप्ती जारी गर्यो।

छाँयामा परेको पौराणिक ईतिहास बोकेको जटेश्वर बुढा महादेव मन्दिर।

प्रकाश सपूतकाे ‘वसन्त’: प्रेम होइन, प्रतिरोधको घोषणापत्र (समिक्षा)


TOP