Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
‘भर्सटाइल’ गायिका सजना बस्तोलाकाे ‘बैगुनी’ सार्वजनिक – Sarangi News

पोखरा । ‘भर्सटाइल’ सजना बस्तोला र नविन परियारको आवाजमा नयाँ लोक दोहोरी गीतको म्युजिक भिडियोे ‘बैगुनी’ सार्वजनिक भएको छ ।

गायक तथा सर्जक शिव हमालको शब्द, सङ्गीत रहेको गीतमा म्युजिक एरेन्ज सुनिल परियारले गरेका छन् । प्रेममा घात प्रतिघात भएपछि मर्माहत भएका वियोगी प्रेमी जोडि विच भएको सम्बादलाई गीति लयमा प्रस्तुत गरिएको छ ।

बैगुनी गीतका संकलक तथा संगीतकार शिव हमाललाई निकै राम्रो गीत बजारमा ल्याएको भन्दै उनका दर्शक स्रोताले बधाई र शुभकामना दिएका छन् ।

गीत सार्वजनिक गरेपछि गायिका वास्तोलाले बैगुनी सबै उमेर समुहका दर्शक श्रोताको मन तान्न सफल हुने विश्वास व्यक्त गरिन् । लोक, पप, आधुनिक, गजल, भजन देखि डान्सिङ सबै शैलीका गीतमा स्वर दिएकी ‘भर्सटाइल’ गायिका बस्तोलाको बैगुनी ३६ औँ गीत हो । हाल युरोपमा रहेकी बास्तोलाको फरक शैलीको गीत “माया विरानो“ चाडै श्रोता,दर्शकमाझ आउदैं छ।

जेरी भण्डारीको निर्देशनमा बनेको भिडियोलाई अमृत चापागाई सम्पादन गरेका छन् ।

म्युजिक भिडियोे यस्ताे छ

 

प्रतिक्रिया

सम्बन्धित खवर


TOP