Trend
साउनको अन्तिम सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुईचो, दान २ लाख ३२ हजार ३ सय २४ उठ्यो।  ||   पोखरामा पठन संस्कृतिसम्बन्धी विद्यार्थी सम्मेलन  ||   इशानेश्वर महादेव मन्दिरमा साउन महिनाको अन्तिम सोमबारमा भक्तनजहरुको घुईचो(फोटो फिचर)  ||   लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग  ||   साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||  
मंगलबार , साउन २८, २०८२
पोखरा वडा नं. १५ को कपाल काट्ने तालिम सम्पन्न – Sarangi News

जुना थापा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को एक महिने कपाल काट्ने तालिम सम्पन्न भएको छ ।

युवालाई स्वरोजगार बनाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायिक सिपमूलक कपाल काट्ने तालिम वडा नम्बर १५ का १० जना युवालाई एक महिनासम्म दिइएको  वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले बताए । एक महिनासम्म तालिम सिकेर एक हप्तासम्म वडावासीको निशुल्क कपाल काटिरहेको पनि बानियााँले बताए ।

त्यस्तै वडा सदस्य आशिष भण्डारीले पोखरा १५ स्थित सिद्ध मावि फलेपाटनका १५० विद्यार्थीहरु र वडामा आउने वडाबासी गरि हप्ताभरिमा लगभग ३०० जनाको कपाल काटिएको बताए ।

सिद्ध माविका प्रधानाध्यापक गुरुदत्त कोइरालाले वडा नम्बर १५ को एक मात्र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निशुल्क कपाल काट्ने सुविधा दिएकामा निकै खुसी लागेको भन्दै धन्यवाद व्यक्त गरे ।

कपाल काट्ने तालिम व्यवसायिक प्रशिक्षक गंगादेवी गुरुडले प्रशिक्षण दिएकी थिइन् ।

युवा स्वरोजगार अन्तर्गतको यस तालिममा पोखरा महानगरपालिका वडा नं. १५ र ग्लो संस्थाको सहकार्यमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP