Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शनिबार , भाद्र २७, २०८३
पोखरा वडा नं. १५ को कपाल काट्ने तालिम सम्पन्न – Sarangi News

जुना थापा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को एक महिने कपाल काट्ने तालिम सम्पन्न भएको छ ।

युवालाई स्वरोजगार बनाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायिक सिपमूलक कपाल काट्ने तालिम वडा नम्बर १५ का १० जना युवालाई एक महिनासम्म दिइएको  वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले बताए । एक महिनासम्म तालिम सिकेर एक हप्तासम्म वडावासीको निशुल्क कपाल काटिरहेको पनि बानियााँले बताए ।

त्यस्तै वडा सदस्य आशिष भण्डारीले पोखरा १५ स्थित सिद्ध मावि फलेपाटनका १५० विद्यार्थीहरु र वडामा आउने वडाबासी गरि हप्ताभरिमा लगभग ३०० जनाको कपाल काटिएको बताए ।

सिद्ध माविका प्रधानाध्यापक गुरुदत्त कोइरालाले वडा नम्बर १५ को एक मात्र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निशुल्क कपाल काट्ने सुविधा दिएकामा निकै खुसी लागेको भन्दै धन्यवाद व्यक्त गरे ।

कपाल काट्ने तालिम व्यवसायिक प्रशिक्षक गंगादेवी गुरुडले प्रशिक्षण दिएकी थिइन् ।

युवा स्वरोजगार अन्तर्गतको यस तालिममा पोखरा महानगरपालिका वडा नं. १५ र ग्लो संस्थाको सहकार्यमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP