Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
मगरदाङ्ग आमा समुहकाे ‘महिनावारी स्वच्छता तथा प्रजनन् स्वास्थ्य’ सम्बन्धी सचेतिकरण सम्पन्न – Sarangi News

देविस्थान, म्याग्दी । म्याग्दीकाे मालिका गाँउपालिका देविस्थान ५, मगरदाङ्गमा नवगठित आमा समुहले ‘महिनावारी स्वच्छता तथा प्रजनन् स्वास्थ्य अधिकार’ सम्बन्धी एक दिवसिय सेचतीकरण कार्यक्रम सम्पन्न गरेकाे छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे अवसरमा मगरदाङ्ग आमा समूहले  शनिबार उक्त कार्यक्रम आयाेजना गरेकाे हो ।

कार्यक्रमको उद्घाटन गर्दै मालिका गाँउपालिकाका उपाध्यक्ष तथा प्रमुख अतिथी लक्ष्मी देबि पुनले लैङ्गिक हिंसा सबैकाे साझा सवाल भएकाले सबै एकजुट भएर लाग्नुपर्ने बताईन् । धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले हिंसामा महिला आन्दोलनको इतिहास र अभियन्ता तथा पत्रकार प्रकाश अधिकारीले मर्यादित महिनावारीकाे मुल प्रवाहिकरण बारे प्रशिक्षण दिए । उनले महिनावारी विभेद मानव अधिकारकाे हनन् मात्रै नभएर याैनिक तथा लैङ्गिक हिंसा भएकाले अब महिलाहरू आफूमाथि भएका सबै खाले हिंसा चिन्ने, त्यसको प्रतिकार र प्रश्न गर्नुपर्ने बताए ।

कार्यक्रममा बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डा‍. बिराज आचार्यले प्रजनन् स्वास्थ्य र एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट प्रवाह हुने सेवासुविधा र सुआहारा कार्यक्रम विज्ञ बाल कुमारि पुनले पाेषण तथा आर्थीक उपार्जन सम्बन्धी सहजिकरण गरेकाे  समुहकी सचिब सुनिता पुर्जा पुनले जानकारी दिइन् ।

मिलन म्याग्दीका प्रमुख कार्यकारी निर्देशक दिलमाया बिटालुले कार्यक्रमकाे उद्देश्य माथी प्रकाश परेकाे कार्यक्रम मगरदाङ्ग आमा समूहका अध्यक्ष राजमति बुढाको अध्यक्षता, उपाध्यक्ष दिलमाया फवाङ्गीकाे स्वागत तथा सचिब सुनिता पुर्जा पुनकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा सामाजिक विकास कार्यालय, मालिका गाँउपालिकाको समन्वय तथा मिलन म्याग्दी, सुआहारा कार्यक्रम महालक्ष्मी लाइफ इन्सुरेन्स तथा शुभलक्ष्मी इन्भेष्टमेन्ट प्रालिकाे सहकार्य थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP