हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड – Sarangi News
पोखरा। हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्ने शनिवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेशको आयोजना तथा लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश अन्तरध्वनी नेपालको सहकार्यमा “सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान” १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैङ्गिक विभेद र मनोसामाजिक असरको सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कसैले हिंसा गरेमा नो र नाई भनेर प्रतिकार गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा मनोसामाजिक असरको विषयमा आफ्नो प्रस्तुती राख्दै अन्तरध्वनी नेपालका अध्यक्ष जमुना शर्माले मानसिक स्वास्थ्यमा सबैको अधिकार हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पुण्य पौडेलले समाज परिवर्तन हुदै गएको अवस्थामा हामी पनि परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक घरमा हिंसा हुने भएकोले परिवर्तनको लागि आफ्नै घरवाट सुरुवात गर्नुपर्नेमा उहाँको जोड थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सनाले आवाजविहिनहरुको आवाज उठाउने महिला पत्रकारहरु पनि हिंसामा पर्ने गरेको बताउनुभयो । ८८ प्रतिशत पत्रकार महिलाहरुलाई अनलाइनवाट हिंसा हुने उहाँले सो अवसरमा जनाउनुभएको थियो । अझै पनि लैङ्गिक समानतामुलक समाजका लागि हाम्रो आन्दोलन नसकिएकोले अब जुझारु रुपमा लाग्नुपर्ने तिमिल्सिनाले उल्लेख गर्नुभयो । छोरीलाई शिक्षा दिएर सक्षम बनाउन सक्यौ भने हिंसा कम गर्न मद्धत पुग्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा नर्सिङ्ग क्याम्पसका निशा श्रेष्ठ, दलित महिला संघ फेडोका अध्यक्ष सुमित्रा गायक, नेपाल टेलिभजनका पत्रकार पर्शुराम शर्मा, नेष्डो गण्डकीका सुर्यप्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो ।
सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनका अध्यक्ष लक्ष्मी अधिकारीले र सञ्चालन सञ्चारिका समूह गण्डकी प्रदेशका कार्यसमिति सदस्य जुना थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP