जनताका प्रशासक सुयल : जसले दिए कृषकलाई दूध ढुवानी गर्न आफ्नो निजि सवारी – Sarangi News

लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले आफुले प्रयोग गर्दै आएको सवारी साधन दूध ढुवानीका लागि किसानहरूलाई उपलब्ध गरउनु भएको छ ।

किसानहरूलाई दूध चिस्यान केन्द्रमा दूध पुर्‍याउन सवारी साधनको अभाव भएपछि सुयलले आफूले प्रयोग गर्दै आएको गाडी उपलब्ध गराउनुभएको हो । कार्यालय प्रयोजनको लागि प्रयोग गर्दै आईएको टाटा जेनन ३५७ नं. को पिकअप किसानका लागि उपलव्ध गराउनुभएको हो ।

ढूध सङ्कलन तथा वितरणमा सवारी साधन नहुदाँ समस्या भयो । त्यसैले किसानहरुको सहजताका लागि आफूले प्रयोग गर्दै आएको सवारी साधन उपलव्ध गराएको प्रमुख प्रशासकिय अधिकृत सुयलले वताउनुभयो । दुग्ध चिस्यान केन्द्रको स्थापना पछि राईनासका किसानहरूले गाई पालन गरिरहेका छन् , जसको कारणबाट उनीहरू आत्मनिर्भर पनि बन्दै गएका छन् उहाँले भन्नू भयो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान काठमाण्डौ दुग्ध वितरण आयोजनाले राइनास ५ को तीनपिप्लेमा २०७८ मा दूध चिस्यान केन्द्र स्थापना गरेको हो । दुग्ध चिस्यान केन्द्रमा अहिले बोराङखोला, साँहिलीटार, तिनपिप्ले, धमिलिकुवा, हर्राबोट लगायत ठाउँबाट दैनिक रुपमा दुध ढुवानी हुने गरेको छ ।

केन्द्रका अनुसार अहिले दैनिक एक हजार लिटर दूध सङ्कलन हुन्छ । सङ्कलित दूध दुग्ध विकास संस्थानले तीन/तीन दिनको अवधिमा काठमाण्डौ लैजानै गरेको जनाएको छ ।

नगरपालिकाले भने किसानहरुको आवश्यकतालाई मध्यनजर गर्दै दुध ढुवानीका लागि सवारी खरिद गर्ने प्रक्रियामा रहेको जनाएको छ । उक्त विषयमा नगरपालिका र स्थानीय जनविकास सहकारी सस्था विच छलफल गरिएको र साझेदारीमा सवारी साधन खरिद गरिने नगरप्रमुख खड्गवहादुर गुरुङले वताउनुयभो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

एमाले नेता जमिन्द्रमान घलेको प्रेस चौतारी लमजुङ अध्यक्षलाई अनुचित दवाव!

ओली : शिक्षाका सौदागर, निजी विद्यालयका ठेकेदार !

जबर जस्ती करणीको मुद्दा मिलाउनेमा दान बहादुर उपर उजुरी।

एक सैनिकको अर्को युद्ध :समाज परिवर्तन

मध्यनेपाल नगरपालीकाले पनि भोलि देखि स्कुल सन्चालन गर्न विज्ञप्ती जारी गर्यो।

छाँयामा परेको पौराणिक ईतिहास बोकेको जटेश्वर बुढा महादेव मन्दिर।


TOP