Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
सोमबार , बैसाख ७, २०८३
जनताका प्रशासक सुयल : जसले दिए कृषकलाई दूध ढुवानी गर्न आफ्नो निजि सवारी – Sarangi News

लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले आफुले प्रयोग गर्दै आएको सवारी साधन दूध ढुवानीका लागि किसानहरूलाई उपलब्ध गरउनु भएको छ ।

किसानहरूलाई दूध चिस्यान केन्द्रमा दूध पुर्‍याउन सवारी साधनको अभाव भएपछि सुयलले आफूले प्रयोग गर्दै आएको गाडी उपलब्ध गराउनुभएको हो । कार्यालय प्रयोजनको लागि प्रयोग गर्दै आईएको टाटा जेनन ३५७ नं. को पिकअप किसानका लागि उपलव्ध गराउनुभएको हो ।

ढूध सङ्कलन तथा वितरणमा सवारी साधन नहुदाँ समस्या भयो । त्यसैले किसानहरुको सहजताका लागि आफूले प्रयोग गर्दै आएको सवारी साधन उपलव्ध गराएको प्रमुख प्रशासकिय अधिकृत सुयलले वताउनुभयो । दुग्ध चिस्यान केन्द्रको स्थापना पछि राईनासका किसानहरूले गाई पालन गरिरहेका छन् , जसको कारणबाट उनीहरू आत्मनिर्भर पनि बन्दै गएका छन् उहाँले भन्नू भयो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान काठमाण्डौ दुग्ध वितरण आयोजनाले राइनास ५ को तीनपिप्लेमा २०७८ मा दूध चिस्यान केन्द्र स्थापना गरेको हो । दुग्ध चिस्यान केन्द्रमा अहिले बोराङखोला, साँहिलीटार, तिनपिप्ले, धमिलिकुवा, हर्राबोट लगायत ठाउँबाट दैनिक रुपमा दुध ढुवानी हुने गरेको छ ।

केन्द्रका अनुसार अहिले दैनिक एक हजार लिटर दूध सङ्कलन हुन्छ । सङ्कलित दूध दुग्ध विकास संस्थानले तीन/तीन दिनको अवधिमा काठमाण्डौ लैजानै गरेको जनाएको छ ।

नगरपालिकाले भने किसानहरुको आवश्यकतालाई मध्यनजर गर्दै दुध ढुवानीका लागि सवारी खरिद गर्ने प्रक्रियामा रहेको जनाएको छ । उक्त विषयमा नगरपालिका र स्थानीय जनविकास सहकारी सस्था विच छलफल गरिएको र साझेदारीमा सवारी साधन खरिद गरिने नगरप्रमुख खड्गवहादुर गुरुङले वताउनुयभो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP