Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
गणित शिक्षा परिषद्‍को हाजिरी जबाफमा शिवालय प्रथम – Sarangi News

पोखरा । गणित शिक्षा परिषद्, कास्कीद्वारा शुक्रबार सम्पन्न गणित हाजिरी जबाफ प्रतियोगितामा शिवालय मावि प्रथम भएको छ ।

रूपा गाउँपालिकाका माध्यमिक विद्यालयहरूबिच भएको प्रतियोगितामा शिवालयका समीक्षा राना र सौरव अधिकारीले प्रथम स्थान हासिल गरेका थिए । प्रथम भएको शिवालयले आगामी पुस १ गते पोखरामा हुने जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने अवसर प्राप्त गरेको छ । प्रतियोगितामा विश्वशान्ति मावि, चन्द्रप्रभा मावि र रूपाज्योति मावि क्रमशः द्वितीय, तृतीय र सान्त्वना भएका थिए ।

परिषद्का आजीवन सदस्य विश्वप्रकाश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकामा प्रतियोगिता गरेकोमा परिषद्लाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा चन्द्रप्रभा माविका प्रधानाध्यापक भोलानाथ पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगितका विजेताहरूलाई रामकोट माविका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपाने, विश्वशान्ति माविका प्रधानाध्यापक बुद्धिसागर अधिकारी, शिवालय माविका सहायक प्रधानाध्यापक ऋषिराम ओझालगायतले पुरस्कार वितरण गरेका थिए ।

स्टेज क्विजको सञ्चालन तथा स्वागत परिषद्का सदस्य अम्बिक बरालले गरेका थिए भने क्वालिटी सर्कल संयोजक मदन थापाले कार्यक्रमको सञ्चालन गरेका थिए । प्रतियोगितामा शिवालय माविका शिक्षक दुर्गाप्रसाद जैशी र चन्द्रप्रभा माविका शिक्षक दीपेन्द्र पगेनीले सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP