गणित शिक्षा परिषद्‍को हाजिरी जबाफमा शिवालय प्रथम – Sarangi News

पोखरा । गणित शिक्षा परिषद्, कास्कीद्वारा शुक्रबार सम्पन्न गणित हाजिरी जबाफ प्रतियोगितामा शिवालय मावि प्रथम भएको छ ।

रूपा गाउँपालिकाका माध्यमिक विद्यालयहरूबिच भएको प्रतियोगितामा शिवालयका समीक्षा राना र सौरव अधिकारीले प्रथम स्थान हासिल गरेका थिए । प्रथम भएको शिवालयले आगामी पुस १ गते पोखरामा हुने जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने अवसर प्राप्त गरेको छ । प्रतियोगितामा विश्वशान्ति मावि, चन्द्रप्रभा मावि र रूपाज्योति मावि क्रमशः द्वितीय, तृतीय र सान्त्वना भएका थिए ।

परिषद्का आजीवन सदस्य विश्वप्रकाश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकामा प्रतियोगिता गरेकोमा परिषद्लाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा चन्द्रप्रभा माविका प्रधानाध्यापक भोलानाथ पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगितका विजेताहरूलाई रामकोट माविका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपाने, विश्वशान्ति माविका प्रधानाध्यापक बुद्धिसागर अधिकारी, शिवालय माविका सहायक प्रधानाध्यापक ऋषिराम ओझालगायतले पुरस्कार वितरण गरेका थिए ।

स्टेज क्विजको सञ्चालन तथा स्वागत परिषद्का सदस्य अम्बिक बरालले गरेका थिए भने क्वालिटी सर्कल संयोजक मदन थापाले कार्यक्रमको सञ्चालन गरेका थिए । प्रतियोगितामा शिवालय माविका शिक्षक दुर्गाप्रसाद जैशी र चन्द्रप्रभा माविका शिक्षक दीपेन्द्र पगेनीले सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP