चिल्ड्रेन नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न – Sarangi News

पोखरा । चिल्ड्रेन–नेपालको २६ औं बार्षिक साधारणसभा संस्थाको कार्यालय मासबार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शान्त पौडेलकोे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले संस्थाको दिगोपन र आत्मनिर्भरका लागी प्राप्त गरेका उपलब्धि र प्रयासहरुको बारेमा आफनो भनाई राखेका थिए । संस्थामा यो उपलब्धि प्राप्त गर्नको लागी कार्यसमिति पदाधिकारी, साधारण सदस्य, कर्मचारीहरु, बिभिन्न सहयोगी संघ संस्था सरोकार निकाय एबं शुभचिन्तकको साथ मिलेको र सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको कुरा बताएका थिए । संस्थाले लक्षित समुहलाई प्रदान गर्दै आएको सेवालाई प्रभाबकारी बनाउदै लैजाने कुरामा समेत जोड दिएका थिए । सोही क्रममा कार्यकारी निर्देशक शर्माले संस्थालाई साथ र सहयोग गर्ने संस्थाका कर्मचारी,राज्यका निकाय,स्थानीय तह, प्रशासन र सम्पुर्ण सरोकारवालाहरुलाई समेत धन्यबाद दिएका थिए । संस्थाका कार्यसमिति सदस्य र संलग्न कर्मचारीहरु र स्वमसेवकहरुकोे अहोरात्रको खटन, मेहनतका कारण संस्थाले सफलता हासिल गर्दै आएको कुरामा जोड दिएका थिए ।
संस्थाले कार्य सम्पादन मुल्याङकनबाट यस बर्ष उत्कृष्ट कर्मचारीको रुपमा छनौट भएका बरिष्ठ कार्यक्रम अधिकृत शिब शर्मा चापागाई र सम्पर्क सहायक बिना तामाङ्खलाई प्रशंसा पत्र नगद र दोसल्ला ओडाई सम्मान गरिएको थियो । सोही क्रममा संस्थाद्धारा संचालित सुर्यमुखी हस्तकला कार्यक्रममा संलग्न उत्पादक महिलाहरुलाई समेत पुरस्कृत गरीएको थियो । २६ औं बार्षिक साधारणसभामा संस्थाको आ ब २०७८÷०७९ को प्रगती प्रतिबेदन संस्थाका महासचिब जयन्द्र भट्टराईले प्रस्तुत गरेका थिए, भने आ ब २०७८÷०७९ को आर्थिक प्रतिबेदन र आगामी बर्ष २०७९÷०८० को कार्यक्रम र बजेट संस्थाका कोषाध्यक्ष कुल प्रसाद पौडेलले प्रस्तुत प्रस्तुत गरेका थिए । दुबै प्रतिबेदनहरुलाई सम्मानित सभाबाट सर्बसम्मत पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागीहरुलाई कार्य समिति सदस्य कृष्ण प्रसाद खरालले स्वागत गरेका थिए, भने कार्यसमितिको तर्फबाट संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले सभामा शुभकामना मन्तब्य राखेका थिए । संस्थाका सचिब राधा देबी शर्माले संचालन गर्नु भएको उक्त साधारण सभामा संस्थाका निबर्तमान अध्यक्ष भिमलाल गुरुङले उपस्थित सम्पुर्णलाई धन्यबाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।


TOP