साहित्य शृङ्खलाको २४३ औँ शृङ्खलामा सिर्जना आलोक विमोचन – Sarangi News

पोखरा । साहित्य शृङ्खला पोखराको त्रैमासिक साहित्यिक प्रकाशन सिर्जना आलोकको १८ औँ अङ्क शनिबार पोखरामा सार्वजनिक भएको छ ।

शृङ्खलाले आफ्नो नियमित मासिक रचना वाचनको २४३ औँ शृङ्खलासँगै उपस्थित सबै साहित्यकार/साहित्यप्रेमीहरूको हातबाट विमोचिन गराएको हो ।

पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य छन्दिका त्रिपाठीले सिर्जना आलोकको समीक्षा गर्दै नवप्रतिभालाई प्रोत्साहन दिने राम्रो काम यस पत्रिकाले गरेको धारणा राखिन् ।

वाम बुद्धिजीवी रामराज रेग्मीले समाज परिवर्तनमा साहित्यको महत्त्वमाथि प्रकाश पारे ।  संस्थाका पूर्व अध्यक्ष यादवराज उपाध्यायले संस्थाले विगतदेखि धेरै उतार चढावसँग जुध्दै यहाँसम्मको यात्रा तय गरेको विचार व्यक्त गरे । डा. भवानी पाण्डे भाष्कर, डा. कृष्णराज अधिकारी ,परिश्रमी प्रतिभा पुरस्कारका संस्थापक नारायण परिश्रमी, साहित्य शृङ्खलाका संस्थापक संयोजक भीम रानाभाटले साहित्य शृङ्खला निमुखा जनताको पक्षमा उभिँदै आएको चर्चा गरे ।

संस्थाका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव सन्तोष न्यौपानेले गरेका थिए । कार्यक्रममा छविलाल आचार्य, विकास लुङ्गेली, परशुराम कोइराला, नुमराज बराल, सन्तोष पौडेल, माधव खतिवडा, सावित्री गिरी, चन्द्रावती वाग्ले, कलाकार यादव चन्द्र भुर्तेल, कल्याण पन्त, लोचना अधिकारी, लीला पण्डितले रचना वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP