Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
शुक्ला साहित्य सङ्गम, तनहुँको अध्यक्षमा टुकादेवी आचार्य – Sarangi News

तनहुँ । शुक्लागण्डकी नगरपालिका, दुलेगौँडा, तनहुँमा क्रियशील शुक्ला साहित्य सङ्गमको अध्यक्षमा टुकादेवी आचार्य सर्वसम्मत चयन भएकी छिन् ।

शनिबार सम्पन्न आठौँ अधिवेशनबाट चुनिएकी उनको बार्दली (लघुकथा सङ्ग्रह) प्रकाशित छन् । उनी पञ्चमुनिदेव माध्यमिक विद्यालयकी अध्यापनरत छिन् ।

अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि उपाध्यक्षमाद्वयमा रामशरण गैरे र सरस्वती सिग्देल, सचिवमा जुना खड्का, उपसचिवमा सुरज लम्साल, कोषाध्यक्षमा पूर्णबहादुर आले तथा सदस्यहरूमा तीर्थ गैरे, युवराज पौडेल, जीवन सागर, विष्णु पराजुली अधिकारी, हरि महत, यामप्रसाद सापकोटा, काशीराम ढकाल, ध्रुव रामदाम र दुर्गाबहादुर नेपाली चयन भएका छन् । शिवदत्त ढकाल संयोजकत्वमा गठित हरिश्चन्द्र र पुरुषोत्तम भण्डारी सदस्य रहेको निर्वाचन मण्डलले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेको थियो ।

अधिवेशनका प्रमुख अतिथि लोकगायक प्रेमराजा महतले भाषा, कला, साहित्यको विकासमा सानो ठाउँको यो संस्थाले राष्ट्रिय स्तरका कार्य गरेको र आफ्नो तर्फबाट सधैँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP