गुँदेतालमा अक्षरयात्रा: वनभोजमा रमाए अक्षरयात्री – Sarangi News

पोखरा । पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्राको १९४ औँ शृङ्खला वनभोजसहित शनिबार पोखराको गुँदेतालमा सम्पन्न भएको छ ।

गजल सन्ध्या, पोखरा र नवनीत साहित्य सागरले हरेक महिनाको तेस्रो शनिबार विभिन्न स्थानमा पुगेर तत्स्थानीय रचना प्रस्तुत गर्ने गरी सञ्चालन गर्दै आएको अक्षरयात्राको पुस महिनाको कार्यक्रममा अक्षरयात्रीहरूले वनभोजसँगै साहित्यिक प्रस्तुति राखे । कार्यक्रममा प्रमुख अतिथि बनेका अग्रज कलाकार दुर्गा बराल (वात्स्यायन)ले आफूहरूले गरेको कलायात्राको स्मरण गरे । ‘हामीले पनि कुनै जमानामा कलायात्रा गरेका थियौँ, जसले कलाकारहरूलाई अर्थोपार्जनको राम्रो मौका दिएको थियो’ वात्स्यायनले भने, ‘अक्षरयात्रामा सहभागी भइरहँदा यी अक्षरहरूले पनि नेपाली साहित्यमा निकै महत्त्व राख्ने विश्वास गरेको छु ।’

अक्षरयात्राका परिकल्पनाकारमध्येका एक नवनीत साहित्य सागरका पूर्व अध्यक्ष लक्ष्मण थापाले यात्रामा कोही छुट्न पनि सक्ने तर अभियान भने जारी रहने धारणा राखे । अक्षरयात्राबाट कैयौँ स्रष्टाहरू स्थापित भइसकेका र कैयौँ १/२ यात्रापछि हराएका प्रसङ्ग कोट्याउँदै उनले व्यक्ति रहे पनि नरहे पनि अक्षरयात्रा भने रहिरहने सांसारिक नियम भएको बताए ।

अर्का परिकल्पनाकार कृष्ण उदासीले अक्षरयात्राले लेखनका लागि नयाँ ऊर्जा दिने गरेको अनुभव सुनाए । साहित्यकार गनेस पौडेलले अक्षरयात्राका लागि छानिएको गुँदे तालको सेरोफेरोको भावभूमिबारे बताउँदै तत्कालीन राजा वीरेन्द्रलाई समेत कन्दानी डाँडा क्षेत्र मन पर्ने क्षेत्र भएको जानकारी दिए । उनले पर्यटकीय दृष्टिले उक्त ठाउँ निकै महत्त्वपूर्ण भएकाले पर्यटन साहित्यको अवधारणालाई अघि बढाएको अक्षरयात्राले छानेको ठाउँ उत्कृष्ट भएको बताए ।

गजल सन्ध्याका अध्यक्ष वसन्त विनोदको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षद्वय रुपिन्द्र प्रभावी र कपिल शर्माले पनि आफ्ना रचना सुनाएका थिए । कार्यक्रममा सुरज उपाध्याय, बाबु साहेब, गीता अधिकारी, रमा खतिवडा, सावित्री गिरी, मनु शर्मा, अमृत क्षेत्री, शिव सङ्कल्प, केदार पौडेल, भरत आचार्य, डा. वसन्त गौतम, त्रुपकलगायतले आफ्ना रचना सुनाएका थिए । कार्यक्रमको सञ्चालन गजल सन्ध्याका सदस्य माधव खतिवडाले गरेका थिए ।

वि. सं. २०६२ असार १८ गतेदेखि सञ्चालित अक्षरयात्राले आफ्नो स्वर्ण शृङ्खलाका अवसरमा घोषणापत्र जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP