Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
पोखरा महानगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न – Sarangi News

कास्की । पोखरामा महानगरस्तरीय चित्रकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

महानगर बाल मञ्च, पोखराले पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको समन्वय एवं Right4Children को सहयोगमा ‘घरेलु हिंसाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असर’ शीर्षक  दिएर  प्रतियोगिता सम्पन्न गरेको हो ।

पोखरा महानगरपालिका भित्रका विभिन्न ३२ वटा विद्यालयका विद्यार्थीहरुले रामबजार स्थित एस.ओ.एस हरमन माइनर माध्यमिक विद्यालयमा “घरेलु हिंसाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असर भन्ने शीर्षकको सेरोफेरोमा रहेर भब्य चित्र कोरे ।

प्रतियोगितामा भानुभक्त मा.विका छात्र एन्द्रु तामाङले प्रथम, शैनिक आवसीय महाविद्यालयका छात्र सञ्जिव लामाले द्वितीय, नागेन आर्ट एकेडेमीकी छात्रा साया पराजुलीले तृतीय र प्रतिभा मा.विका छात्र आयन इकवालले सान्त्वना स्थान हासिल गर्न सफल भएको मन्चका अध्यक्ष निर्देश सुवेदीले  जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, बालकल्याण अधिकारी विष्णुमाया पौडेल, एस.ओ.एस बालग्राम गण्डकीका योजना निर्देशक प्रदिपभक्त आचार्यर एस.ओ.एसका प्राचार्य चुडामणी सुवेदीको उपस्थिति रहेको थियो। प्रतियोगितामा शरद भण्डारी , प्रदिप परियार र रिक बहादुर गुरुङले  निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP