Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शनिबार , भाद्र २७, २०८३
पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि दुर्व्यवहार गर्नेहरूले माफी मागे – Sarangi News
पोखरा । गत माघ १० गते स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ४ वाङ्सिङ दहमा रिपोर्टिङका लागि पुगेका फेवा टेलिभिजनका समाचार प्रमुख तथा समाचारपाटी डटकमका पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि दुर्व्यवहार गर्नेहरुले माफी मागेका छन् ।
आँधिखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष सिंहबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओम शर्मा, महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंक पौडेल, महासचिव प्रकाश ढकाल, फेवा टेलिभिजनका प्रवन्ध निर्देशक लीलाबहादुर जिसीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा भएको छलफलमा पत्रकार घिमिरेमाथि दुर्व्यवहार गर्ने स्थानीय टोल विकास समितिका अध्यक्ष ठाकुरप्रसाद पौडेल, रेशम पौडेल, पिताम्बर पौडेल, बाबुराम पौडेलले आफूहरूले पत्रकार भन्ने थाहा हुँदा हुँदै आवेशमा आएर गल्ती गरेको स्विकार गर्दै आगामी दिनमा यस्ता कार्य नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरूले आगामी दिनमा सामाजिक काम र सार्वजनिक विषयमा पत्रकारहरूको सहयोग लिएर काम गर्नेसमेत बताएका छन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारहरूलाई सार्वजनिक विषयमा निर्वाध रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने अधिकार रहेको भन्दै कार्यस्थलमा पत्रकारहरूलाई हुने यस्ता दुर्व्यवहारका घटनामा महासंघको ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा यस्ता कार्यहरू नदोहोर्याउन सुझाव दिइन् ।
गाउँपालिका उपाध्यक्ष सीता थापाले पत्रकार भनेर थाहा पाउँदा आफूसहित गाउँपालिकाका प्रतिनिधिले रोक्न खोज्दा पनि पत्रकारमाथि जुन व्यवहार भयो, त्यसले गाउँपालिकालाई नै लज्जित बनाएको बताइन् । उनले आगामी दिनमा यस्तो कार्य हुन नदिन गाउँपालिका सचेत रहेको बताइन् । उनले पत्रकारहरूले रिपोर्टिङमा जाँदा आफ्नो परिचय खुलाएर जानकारी दिएर जान पनि सुझाव दिइन् ।
सो अवसरमा पत्रकार घिमिरेले पत्रकारलाई सूचना आएपछि समाचार सङ्कलनका लागि फिल्डमा जाँदा आगामी दिनमा यस्ता कार्य नहोस भन्ने कामना गरे ।
पत्रकार महासंघको समन्वयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा दुवै पक्षबिच छलफल भई मिलापत्र भएर आगामी दिनमा दुवै पक्षले एक आपसमा सहयोगीको भावनाका साथ आ–आफ्नो काम गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP