बेनीमा शिक्षकहरुलाई विद्यालयस्तरिय सहकार्यकलाप तालिम – Sarangi News

बेनी । गण्डकी प्रदेशका हरेक विद्यालयमा संचालित शारीरिक ब्यायाम, कवाज र राष्ट्रिय गान तथा झण्डाको प्रयोगमा एकरुपता ल्याउने उद्देश्यले म्याग्दीमा संचालित विद्यालयस्तरीय सहकार्यकलाप तालिम आज सम्पन्न भएको छ ।
तालिम केन्द्र तनहुँको आयोजनामा बेनीमा संचालित सहकार्यकलाप तालिम समापन सत्रमा बोल्दै तालिम केन्द्र तनहुँका प्रमुख नेपाल हरि रानाभाटले राष्ट्रिय गान तथा झन्डा प्रयोगको समय र विधि बारे बनेको ऎन कार्यन्वयनमा अलमल देखिएकाले सहकर्यलाप तालिम मार्फत एकरुपता कायम हुने बताए ।

कुनै पनि राष्ट्रिय उत्सव,औपचारिक कार्यक्रम, फौजी सामेली, खेलकुद समारोह, गैरसरकारी संस्थाको कार्यक्रम र विद्यालयले हरेक दिन प्रार्थनामा अनिवार्य राष्ट्रिय गान गाउनुपर्ने कार्यविधि छ ।  प्रमुख रानाभाटले विद्यालयको प्रार्थनालाई थप ब्यबस्थित र मर्यादित बनाउन आग्रह गरे । उनले विद्यालयमा विद्यार्थीले राष्ट्रिय गान गाउदा सतर्क अवस्थामा उभिएर शिर ठाडो गरि उच्च र उल्लापुर्ण आवाजमा गाउनु पर्ने बताए ।

सहभागीको तर्फबाट भानु मावी रत्नेचौर , म्याग्दीका सुनिता महत बोगटी र विश्वज्योती मावी सिल्मीका शिक्षक याम बहादुर केसिले मन्तव्य राखेको थिए । उनिहरुले तालिम निकै प्रभावकारी भएको बताए । तालिम थप ब्यबहारिक र प्रभावकारी बनाउन पुर्नताजगी तालिम दिनुपर्ने सुझाए ।

बिस्तारित तालिम केन्द्र बेनिको ब्यबस्थापनमा संचालित तालिममा म्याग्दी, बागलुङ र पर्वत जिल्लाका ३२ विद्यालयका खेल शिक्षकहरु सहभागी  थिए । तालिमको सहजीकरण तालिम प्रमुख रानाभाट, अधिकृत दामोदर कार्की लगायतले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP