सिद्धार्थ नमुना दिदीबहिनी समूहको अध्यक्षमा बराल – Sarangi News
पोखरा । सिद्धार्थ नमुना दिदीबहिनी समूह, पोखरा १७, छोरेपाटनको चौथो वर्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट दुर्गादेवी बरालको नेतृत्वमा ११ सदस्यीय कार्य समिति निर्वाचीत भएको छ ।
समितिको उपाध्यक्ष दुर्गा ढकाल, सचिव सुनिता तिमिल्सिना, सहसचिव अन्जना बोगटी, कोषाध्यक्ष  ईन्दिरा पौडेल, सदस्यहरु शान्ति कार्की, मञ्जु रिमाल, हरिकला अधिकारी,  कल्पना शर्मा अधिकारी,  कल्पना परियार, ज्योति गुरुङ,रहनु भएको छ। सल्लाहकारहरुमा क्रमश  सरिता शर्मा, शान्ति बराल, सुभद्रा बासतोला जमुना गुरुङ,  टिका लामिछाने, हिरा गदाल, जुना बास्तोला रहनु भएको छ ।
नबनिर्बाचित पदाधिकारीहरुलाइ पद तथा गोपनियताको सपथ ग्रहण निर्वाचन समितिका संयोजक  तुलसी बरालले गराउनु भएको थियो ।
कार्यक्रम पोखरा १७ का वडा अध्यक्ष राधिका शाहीको प्रमुख आतिथ्यतामा भएको थियो ।कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथिले समुहलाई महिलाको  नेतृत्व बिकास र , सिप क्षमता लाई प्राथमिकता दिएर आय  आर्जन जस्ता तालिम दिन, समुहले अगाडी सारेको सामाजिक जनचेतना मुलक कार्यको लागि आवश्यक बजेट वडा तथा महानगर स्तर बाट आर्थिक श्रोत जुटाएर सहयोग गर्ने साथै  महिलाले अवसरको लागि मेहनत गर्नुपर्ने महिलालाई अवसरबाट बञ्चित गराउँन नहुने, ठाँउ समय र साथ पाएको खण्डमा जस्तो सुकै अप्ठारो अवस्थालाई सहज बनाउँन सकिने कुरामा जोड दिनु भएको थियो । आफ्नो शुभकामना मन्तव्यमा प्रमुख अतिथिले  समुहले समाजमा महिला दिदी बहिनीको सकृय  सहभागिता, विरामी हुँदा भेटन जाने, आर्थिक सहयोग , नेपालीहरुको महान चार्ड पर्व मनाउँनको लागि एक्यवद्धता, स्थापना  दिवसका दिन ज्येष्ठ सदस्यको घरमा सम्मान, अध्ययन अवलोकन भ्रमण, टोल छिमेकमा घटेका महिला हिंसा,सडक बालवालिकाको व्यवस्थापन, सरसफाई जस्ता काम सम्पन्न गरेकोमा सो कार्यको प्रसंसा गर्नुभएको थियो । नयाँ समितिले पनि उपलब्धिमुलक काम गर्दै जाने शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि दुर्गा मन्दिर व्यववस्थापन समितिका अध्यक्ष नारायण प्रसाद बराल, धर्मराज अर्याल, तुलसीराम बराल, नरनाथ बराल, मोहनलाल पौडेल, पोतप्रसाद पौडेल, शोभाखर ढकाल, मिना पोखरेल, जानुका पौडेल, दुर्गा ढकाल लगायतका व्यक्तिहरुले कार्यक्रमको सफलताको शुभकामना तथा समुहले गरेको कामको उच्च मुल्याङ्कन गर्नुभएको थियो ।
दुर्गा देबि बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समुहकी कोषाध्यक्ष श्री ईन्दिरा पौडेल, सचिव श्री लक्ष्मी अर्यालले समुहको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत  गर्नुभएको थियो  भने  सचिव लक्ष्मी अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP