Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
प्रेम दिवस : किन मनाइन्छ रोज डे ? कस्ताे रङ्गकाे गुलाब दिदाँ राम्राे‍‍‍… – Sarangi News

प्रेम गर्नेहरूका लागि उत्सवमय भ्यालेनटाइन वीक (प्रेम दिवस सप्ताह) को सुरु भएकाे छ । आज पहिलाे दिन राेज डे। रोज डेका दिन मानिसले आफ्नो पार्टनरलाई रोज (फूल) दिएर आफ्नो माया व्यक्त गर्छन्। भ्यालेनटाइन डे फेब्रुअरी सात तारिखदेखि सुरु हुन्छ र १४ तारिखसम्म रहन्छ। पहिलो फेब्रुअरी सातलाई रोज डे को रुपमा लिइन्छ। रोज डे को केही दिन पहिले देखिनै बजारमा रातो, पहेंलो, गुलाबी रंगका गुलाबकाे व्यापार सुरु हुन्छ। रोज डे को दिन आफ्नो भावनालाई व्यक्त गर्नका लागि धेरै राम्रो मानिन्छ।

किन मनाइन्छ रोज डे

गुलाबको फूललाई आफ्नो भावनालाई व्यक्त गर्ने प्रतिकको रुपमा लिइन्छ। मुगल बेगम नूरजहांलाई गुलाब एकदमै मनपर्ने बताइन्छ। यो पनि भनिन्छ की नूजहांलाई खुसी बनाउन उनका पति रोज टनले ताजा-ताजा गुलाबको फूलहरु महलमा पठाउने गर्थे। त्यस्तै अर्को मान्यता के छ भने महारानी भिक्टाेरियाको समयमा मानिसले आफ्नो भावना व्यक्त गर्नको लागि गुलाबको फूल आदानप्रदान गर्ने परम्पराको सुरुवात भएको थियो। यो मानिन्छ कि भिक्टाेरियन र सोमनले पनि आफ्नो प्रेमको भावना व्यक्त गर्न गुलाबको प्रयोग गदर्थे।

गुलाबको भिन्नभिन्न रंगको भिन्नभिन्न मतलब हुन्छ। कुन रंगका फूलहरुको अर्थ के हुन्छ भनेर जान्नु आवश्यक हुन्छ। रंगअनुसार गुलाबको अर्थ निम्न प्रकारको हुन्छ।

रातो रंग – रातो रंगको गुलाबको अर्थ माया र भावनासँग जोडिएको हुन्छ भन्ने मान्यता छ। रातो गुलाबको अर्थ प्रेम अर्थात तपाईं आफ्नो सामुन्नेको मानिसलाई कति माया गर्नु हुन्छ भनेर विश्वास दिलाउन सक्नुहुन्छ।

हेंलो गुलाब – पहेंलो गुलाबलाई दोस्तीको प्रतिक मानिन्छ। यदि तपाईं आफ्नो साथीलाई माया गर्छु भन्ने कुरा भन्न चाहानुहुन्छ भने पहेंलो रंगको गुलाब दिन सक्नुहुन्छ। पहेंलो रंगलाई खुशी र राम्रो स्वास्थ्यको प्रतिक पनि मानिन्छ।

सेतो गुलाब – सेतो गुलाब त्यतिबेला दिइन्छ जब तपाईंको कसैसँग धेरै नै झगडा परेको छ तर तपाईं सबैकुरा भुलेर एक नयाँ तरिकाबाट आफ्नो सम्बन्ध सुरुवात गर्न चाहानुहुन्छ। त्यस्तै सेतो गुलाबलाई शान्तिको प्रतिककाे मानिन्छ।

पिंक गुलाब – भ्यालेन्टाइन डे सिर्फ जाेडीको लागि मात्र हुँदैन। यसलाई आफ्नो मातापिताको साथमा पनि मनाउन सकिन्छ। रोज डेको दिन तपाई पिंक गुलाफ दिएर कसैलाई धन्यवाद व्यक्त गर्न पनि सक्नुहुन्छ।

ओरेन्ज गुलाब – ओरेन्ज गुलाबको अर्थ उत्साह हुन्छ। यो उत्साह, इच्छाको प्रतिक पनि हो। जाेडीले आफ्नो प्रेममा जोश र उत्साह ल्याउनका लागि ओरेन्ज रंगको गुलाब दिन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP