Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
प्रेम दिवस : किन मनाइन्छ रोज डे ? कस्ताे रङ्गकाे गुलाब दिदाँ राम्राे‍‍‍… – Sarangi News

प्रेम गर्नेहरूका लागि उत्सवमय भ्यालेनटाइन वीक (प्रेम दिवस सप्ताह) को सुरु भएकाे छ । आज पहिलाे दिन राेज डे। रोज डेका दिन मानिसले आफ्नो पार्टनरलाई रोज (फूल) दिएर आफ्नो माया व्यक्त गर्छन्। भ्यालेनटाइन डे फेब्रुअरी सात तारिखदेखि सुरु हुन्छ र १४ तारिखसम्म रहन्छ। पहिलो फेब्रुअरी सातलाई रोज डे को रुपमा लिइन्छ। रोज डे को केही दिन पहिले देखिनै बजारमा रातो, पहेंलो, गुलाबी रंगका गुलाबकाे व्यापार सुरु हुन्छ। रोज डे को दिन आफ्नो भावनालाई व्यक्त गर्नका लागि धेरै राम्रो मानिन्छ।

किन मनाइन्छ रोज डे

गुलाबको फूललाई आफ्नो भावनालाई व्यक्त गर्ने प्रतिकको रुपमा लिइन्छ। मुगल बेगम नूरजहांलाई गुलाब एकदमै मनपर्ने बताइन्छ। यो पनि भनिन्छ की नूजहांलाई खुसी बनाउन उनका पति रोज टनले ताजा-ताजा गुलाबको फूलहरु महलमा पठाउने गर्थे। त्यस्तै अर्को मान्यता के छ भने महारानी भिक्टाेरियाको समयमा मानिसले आफ्नो भावना व्यक्त गर्नको लागि गुलाबको फूल आदानप्रदान गर्ने परम्पराको सुरुवात भएको थियो। यो मानिन्छ कि भिक्टाेरियन र सोमनले पनि आफ्नो प्रेमको भावना व्यक्त गर्न गुलाबको प्रयोग गदर्थे।

गुलाबको भिन्नभिन्न रंगको भिन्नभिन्न मतलब हुन्छ। कुन रंगका फूलहरुको अर्थ के हुन्छ भनेर जान्नु आवश्यक हुन्छ। रंगअनुसार गुलाबको अर्थ निम्न प्रकारको हुन्छ।

रातो रंग – रातो रंगको गुलाबको अर्थ माया र भावनासँग जोडिएको हुन्छ भन्ने मान्यता छ। रातो गुलाबको अर्थ प्रेम अर्थात तपाईं आफ्नो सामुन्नेको मानिसलाई कति माया गर्नु हुन्छ भनेर विश्वास दिलाउन सक्नुहुन्छ।

हेंलो गुलाब – पहेंलो गुलाबलाई दोस्तीको प्रतिक मानिन्छ। यदि तपाईं आफ्नो साथीलाई माया गर्छु भन्ने कुरा भन्न चाहानुहुन्छ भने पहेंलो रंगको गुलाब दिन सक्नुहुन्छ। पहेंलो रंगलाई खुशी र राम्रो स्वास्थ्यको प्रतिक पनि मानिन्छ।

सेतो गुलाब – सेतो गुलाब त्यतिबेला दिइन्छ जब तपाईंको कसैसँग धेरै नै झगडा परेको छ तर तपाईं सबैकुरा भुलेर एक नयाँ तरिकाबाट आफ्नो सम्बन्ध सुरुवात गर्न चाहानुहुन्छ। त्यस्तै सेतो गुलाबलाई शान्तिको प्रतिककाे मानिन्छ।

पिंक गुलाब – भ्यालेन्टाइन डे सिर्फ जाेडीको लागि मात्र हुँदैन। यसलाई आफ्नो मातापिताको साथमा पनि मनाउन सकिन्छ। रोज डेको दिन तपाई पिंक गुलाफ दिएर कसैलाई धन्यवाद व्यक्त गर्न पनि सक्नुहुन्छ।

ओरेन्ज गुलाब – ओरेन्ज गुलाबको अर्थ उत्साह हुन्छ। यो उत्साह, इच्छाको प्रतिक पनि हो। जाेडीले आफ्नो प्रेममा जोश र उत्साह ल्याउनका लागि ओरेन्ज रंगको गुलाब दिन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP