भ्यालेनटाइन सप्ताह : कुन दिन के गर्ने? कसरी बनाउने हरेक दिन खास ? – Sarangi News

प्रेम दिवस हरेक बर्षको फेब्रुअरी १४ मा विश्व भरीनै उत्साहका साथ मनाईन्छ । बिषेश गरी विश्वभरीकै युवायुवतीहरूले एउटा पर्वको रुपमा मनाउछन् प्रेम दिवस । फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । मौसम प्रेममय बनेको छ । हावामा माया नै बगेको छ । मायाको धुन हरेक शहर, गल्लि, लेक, बेशिमा तथा उपहार पसलहरूमा गुञ्जिन थालेको छ । काठमांडौँका विभिन्न पार्कहरु, रेस्टुरेन्ट, क्ल्बहरुमा मायालु जोडीहरुको भिड बढ्न थालेको छ । प्रेम दिवस आउनु भन्दा १ हप्ता अगाडी बाटनै प्रेम उत्सव सुरु हुन्छ । ७ फेब्रुअरि देखि १४ फेब्रेअरीसम्म सुरू हुन्छ प्रेम सप्ताह ,

७ फेब्रुअरि रोज डे
रोज डे (गुलाफ दिवस) ले पे्रम दिवस सुरुभएको संकेत गर्दछ । फुल सबै भन्दा प्रिय चिज मानिन्छ, त्यस मध्ये गुलाफको फुल प्रिय मानिन्छ । प्रेम सप्ताहको पहिलो दिन आफुले माया गरेको मान्छे लाई गुलाफ दिएर माया साटासाट गर्दछन् । शब्दमा गर्न नसकिएको प्रेम लाई गुलाफ दिएर पनी ब्यक्त गर्न सकिन्छ । बिशेष गरी रातो गुलाफ लाई प्रेमको प्रतिक मानिन्छ ।

८ फेब्रुअरी प्रपोज डे
प्रेम सप्ताहको दोश्रो दिन हो प्रपोज डे अथार्त प्रस्ताव दिवस । बर्षै देखि ब्यक्त गर्न बाँकी प्रेम प्रस्ताव तपाई प्रपोज डे को दिन राख्न सक्नुहुन्छ । आफुले मन पराएको मान्छेलाई गुलाफ दिँदै उ प्रतिको आफुनो भावना चाहाना मायाको महशुस ब्यक्त गर्न सकिन्छ ।

९ फेब्रुअरी चक्लेट डे
चक्लेट डे अथार्त चक्लेट दिवसको दिन आफ्ना नजिकका र प्रियजनहरुलाई चक्लेट दिएर खुशी बाढ्न सकिन्छ । प्रेम सप्ताहको तेश्रो दिन आफुले माया गरेको मान्छेलाई मुटु आकारको चक्लेट दिने चलन छ । चक्लेट जस्तै मिठो सम्बन्ध बनोस भनेर यो दिन चक्लेट सकटासाट गरेर मनाईन्छ ।

१० फेब्रुअरी टेड्डी डे

टेड्डीहरु प्रिय ब्यक्तिलाई दिने सबैभन्दा प्रिय उपहार मानिन्छ । मानिसहरु टेडे्डी सँगै आफ्नो विभिन्न आवेगहरु जस्तै रिस, खुसी, माया, सम्झना, पिर आदि टेडे्डी सँगै शेयर गर्ने गर्छन् । जस्तै खुशी हुदाँ टेडे्डी लाई किस गर्ने, कसैलाई सम्झिदा अगाँल्ने, रिस उठ्दा कुच्याउने आदि । प्रेम सप्ताहको चौथो दिन प्रेमीहरु आफ्ना प्रियजनहरुलाई टेड्डी उपहार दिन्छन् ।

११ फेब्रुअरी प्रोमिस डे
प्रोमिस(बाचा) दिवस गर्न सजिलो हुन्छ तर पुरागर्न भने निकै मेहेनत गर्नुपर्छ । प्रिय मान्छेसँग बाचा गर्नु भन्दा पनि आफ्नो माया र स्नेह उचित ढंगमा ब्यक्त गर्नु राम्रो मानिन्छ । जसले तयाइको सम्बन्ध बलियो बनाउन सहयोग गर्छ ।

१२ फेब्रुअरी हग डे
प्रेम सप्ताहको अर्को एक महत्वपुर्ण दिन हग डे (अंकमाल दिवस) हो । अंकमाल न्यानो र आकर्षक भावना हो, जसले एकअर्कालाई आनन्दित बनाउछ । एउटा प्यारो अंकमालले जो कसैको दिन उज्वल बनाउन सक्छ । अंकमाल प्रेम र स्नेह व्यक्त गर्ने एक महत्त्वपूर्ण महसुस हो ।

१३ फेब्रुअरी किस डे
किस(चुम्बन)प्रेम देखाउने सबै भन्दा मिठो रुप हो । तपाई फरक शैलीमा प्रेम अभिब्यक्त गर्न सक्नुहुन्छ तर चुम्बन प्रेम अभिब्यक्त गर्ने उत्तम तरकिा हो । किस विभिन्न प्रकारका हुन्छन जस्तै फ्रेन्च किस,लिप टु लिप किस, फरहेड किस आदि । फरहेड किस लाई हेरचाह गर्ने चिन्हको रुपमा मानिन्छ भने फरहेड किस जिम्मेवार हुनसको चिन्ह पनि हो । किस डे प्रेम सप्ताहको छैठौँ दिनमा पर्छ ।

१४ फेब्रुअरी भ्यालेनटाइन डे
भ्यालेनटाइन डे अर्थात प्रेम दिवस, प्रेम गर्नेहरु जाेडिहरूकाे बिशेश दिन ,प्रेम गर्न कुनैको जरुरी हुदैन र प्रेम एक दिन मात्र हुदैन । तर सबै दिन खर्चेर यो एक दिनलाई महत्वपुर्ण र स्मरणिय बनाउन सकिन्छ । भ्यालेनटाइन डे मा प्रेमिहरु एक अर्कालाई खुशी बनाउन मनपर्ने गिफ्टहरु साट्ने, मनपर्ने ठाँउमा घुम्न जाने, सरप्राइज दिने गर्छन् । विश्वभर मनाइने दिवस हो भ्यालेनटाइन डे।

सँस्कृतमा माया शब्दको अर्थ भ्रम भन्ने हुन्छ । साधारण बुझाई अनुसार माया मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो । माया हरेक प्राणीको बिषेशता हो । एक न एक किसिमको माया हरेकको मनमा रहेको हुन्छ । मायाको आभास माया गर्ने मनहरुमा हरेक दिन रहन्छ । यहि माया गर्ने मनहरुले १४ फेब्रुअरी लाई दिवसको रुपमा मनाउदै आएका छन् ।

भनिन्छ प्रेम अनन्त हुन्छ अनि अदृश्य पनि,न त यस्को अन्त्य हुन्छ न त रुप नै हुन्छ । प्रेम एउटा महशुस हो, आभाष हो, चाहाना हो । प्रेममा हरेक दिन खास हुन्छ, त्यस्तै केहि खास सम्झना बनाउन, अनन्तमा स्मरण गराउन यो दिनलाई प्रेम दिवसको रुपमा मनाईन्छ ।माया गर्ने हरेक मनहरुलाई प्रेम दिवसको शुभकामना । यो प्रेमसप्ताहको हरेक दिन स्मरणिय बनोस । प्रेमिल महिना फेब्रुअरी मायाले भरियोस । तपाइको प्रेम अमर बनोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP