शनिबार , साउन १२, २०८१
सिवाईसी नेपाल लघुवित्तले गोष्ठी तथा वित्तिय साक्षरता अन्तरक्रिया कार्यक्रम सम्पन्न – Sarangi News

सुरज गुरुङ
लमजुङ (भोर्लेटार) सिवाईसी नेपाल लघुवित्तिय सस्था लिमिटेडले केन्द्र प्रमुख उपप्रमुख गोष्ठी तथा वित्तिय साक्षरता बिषयक अन्तरक्रिया कार्यक्रम मध्य नेपाल नगरपालिका भोर्लेटारमा भव्यताका साथ हिजो माघ २३ गते सम्पन्न गरेको छ। बौद्द सेवा समितिको हलमा भएको उक्त कार्यक्रममा मध्यनेपाल नगरपालिकाका नगर उपप्रमुख सिता गुरुङको प्रमुख आतिथ्यमा भएको थियो भने सिवाईसीका प्रबन्धक संचालक डोलीप्रसाद शर्माको अध्यक्षतमा भएको थियो।

महिलाहरुलाई उध्यमी तथा साक्षर बनाउने उदेश्यले देश भरी नै सन्चालित यस कार्यक्रम भोर्लेटारमा पनि भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सिवाईसी शाखा भोर्लेटारका महिला केन्द्र उध्यमिका महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा प्रबन्धक शर्माले महिलाहरुको समस्या बिना धितो सिवाईसिले दिएको कर्जाको सदुपयोग तथा दुरुपयोग र यसबाट कसरी फाईदा लिने बारेका बिभिन्न बिषयहरुमा प्रत्यक्ष रुपमा छलफल गर्दै प्रकाश पार्नु भएको थियो। यसै सिवाईसिको बिना धितोको ऋण तथा कर्जाले प्रगतिगरेकाहरुको नाम उल्लेख्खित गर्दै तपाईहरुले पनि लिएको कर्जाबाट भरपुर फाईदा उठाउनुहोला भनेका थिए।

महिला उध्यमिका महिलाहरुले बोल्ने क्रममा जागरण आत्मनिर्भर महिला केन्द्रका नेतृत्व गर्दै यशोदा न्यौपानेले हामी महिलाहरुले उध्यमी बन्नु पर्ने र आत्मनिर्भर बन्नु पर्ने साथै हामीले लिएको ऋण तथा कर्जाको दुरुपयोग नगर्न अनुरोध गरेका थिए। मिलनटोल आत्मनिर्भर महिला केन्द्रका कोपिला परीयारले समुह भित्रको समयलाई बताउदै प्रबन्धक शर्मासंग अन्तरकृयामा जुटेका थिए।

उक्त कार्यक्रमको अवसरमा सिवाईसी भोर्लेटारका महिला केन्द्रका सदस्यहरुलाई पुरस्कार तथा सम्मान पत्र समेत बितरण गरिएको थियो। उत्कृष्ट बाल बचतमा रानीपानी अत्मानिर्भर महिला केन्द्रका सानुमाया दुराको छोरी लबु दुराले, उत्कृष्ट पेवा बचतमा शान्ती गुरुङले, उध्यमी तथा असल ऋणिको सदस्यबाट डिलशोभा गुरुङले, उत्कृष्ट बचत कर्ताको तर्फबाट पुष्प बानिया भण्डारीले र सकृया सदस्यको तर्फबाट जागरण आत्मनिर्भर केन्द्रका सदस्य यशोदा न्यौपानेले लगायतकाले पुरस्कार तथा सम्मान पत्र प्राप्त गरेका थिए। भने ऋणी म्रितक शान्ता सार्किका श्रीमान मन बहादुर सार्किलाई ऋण मिनाह सहित लगिएको ऋणमा थप दश हजार किरिया खर्च गरी तिस हजार ऋण र् दश हजार खर्च सहित् चालिस हजारको चेक हस्तान्तरण गरिएको थियो। त्यस्तै गरी सुत्केरी भएका सिवाईसिका महिला सदस्य मिना थापालाई नगद रु १५००/- दिएको थियो।
उक्त कार्यक्रममा मध्यनेपाल नगरपालिकका बिभिन्न राजनैतीक दलका नेताहरुको उपस्थिती रहेको थियो र सबैले महिलाहरुलाई आत्मानिर्भर र उध्यमी बनाउन सफल सिवाईसी नेपाललाई प्रगतीको कामना सहित् शुभकामना दिएका थिए। नेकपा माओवादिका तर्फबाट गेहबहादुर बिक, नेपाली काँग्रेशका तर्फबाट प्रकाश न्यौपाने, समाज सेवी नन्दप्रसाद रेग्मी एवम ईप्रका भोर्लेटारका प्रमुख ईन्पेक्टर लक्ष्मण पचभैया लगायतका बुद्दीजिवी वर्गहरुको उपस्थिती रहेको थियो।

प्रमुख अतिथी गुरुङ्ले सिवाइसिको यस अन्तरकृया कार्यक्रमले म अत्यत्नतै हर्षित भएको र मेरै नेतृत्वबाट नगरपालिकाका सबै वडाहरुमा महिलाहरुलाई यस सस्थाबाट भरपुर फाईदा लिना उध्यमी बन्न साथै सबै वडाहरुमा कार्यक्रमको पहल गर्ने बताए साथै आँफै पनि यस सिवाईसिको सदस्य नभएको हुनाले आजैको दिन यसै कार्यक्रम मार्फत सदस्य बन्ने घोषणा गर्दछु भनेर बताउनु भएको थियो। साथै महिलाहरुलाई धेरै सुझाब सल्लाह समेत दिनु भयो। हामी महिलाहरुले बिना धितो सात लाख ऋण तथा कर्जा पाएका छौ तर यसलाई खाने लगाउने रमाउने र फजुल खर्चमा प्रयोग नगर्नुस लगानी गर्दै आत्मानिर्भर र उध्यमी बन्न अपिल गर्नु भएको थियो ।

श्रीमानले बिदेशमा कमाएको पैसाको बचत तथा सही सदुपयोग गरौ घरअंा बसेर आफुले पनि यसै मार्फत समयको सदुपयोग गर्दै उध्यमी बनौ समेत भन्नु भएको थियो। हामीले देखेका छौ समाजमा हामी महिला नै छौ अधिकार पाएका छैनौ दमन भो भन्दै हिंड्ने आवाज उठाउने र् यदाकदा हामी महिलाले नै आफ्नो परिवार र भविश्य बर्वाद बनाएका छौ यस्तो कदापी गर्न हुँदैन। समाजमा महिला मात्रा पीडित छैनन पुरुष पनि पीडित छन यस्तो नबनाउ र् नबनौ स्वाबलम्बी बनौ आत्मनिर्भर बनौ उध्यमी बनौ भन्दै सिवाइसी नेपाल लघुवित्ति वित्तिय सस्थालाई यस कार्यक्रमको निम्ती बिषेश धन्यवाद दिनु भएको थियो।

अन्त्यमा प्रबन्धक शर्माले अन्तरक्रिया तथा भलकुसारी पश्चात सबैलाई आत्मानिरभर बनौ उध्यमी बनौ भन्दै केही त्यस्ता सुझव सल्लाह समस्या भएमा यहाँ कार्यक्रमा भन्न नसके ब्यक्तिगतरुपमा भेटेर भन्न आग्रह गर्दै सम्पूर्ण अतिथिहरुलाई उपस्थित महिला सदस्यहरुलाई धन्यवाद दिदै पुरस्कृतहरुलाई बधाई दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP