मन्त्री गुरुङले वृद्धाश्रमलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने – Sarangi News

पोखरा । गण्डकी प्रदेश सरकार, सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ्गले पोखरा बृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने भएका छन् । पोखरा बृद्धाश्रममा स्थापना गरिएको मेडिकल ल्याबोटरीको आजै उद्घाटन गर्दै मन्त्री गुरुङ्गले उक्त कुरा बताएका हुन् । उद्घाटन मन्तब्य ब्यक्त गर्दै मन्त्री गुरुङ्गले असहाय, बेवारिसे र अशक्त ज्येष्ठ नागरिकहरुको हेरचाह, पालनपोषण र उपचार सरकारले जिम्मा लिनु पर्ने भएता पनि पोखरा बृद्धाश्रम जस्ता स्वयमसेवी संस्थाले सो कार्य गरेकोमा प्रशंसा गरेका थिए ।
उद्घाटन मन्तब्यका क्रममा मन्त्री गुरुङ्गले आश्रमलाई अत्यावश्यक पर्ने सरसफाईका सामाग्री, संचालनका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि सहयोग गर्न मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताएका थिए । हाल संघीय सरकारको अनुदान रकम उपलब्ध भए पछि आश्रमले ल्याबका स्वास्थ्य सामग्री खरिद गरेको कुरा आश्रमका अध्यक्ष तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सचिव कुसुम केशव पराजुलीले जानकारी दिएका थिए ।
गत आर्थिक बर्षमा सामाजिक बिकास मनलयले ज्येष्ठ नागरिकहरुलाई लाग्ने अल्जाईमर रोग स्क्रिनिङ्ग टेष्ट कार्यक्रम संचालन गर्न रु.७ लाख बजेट बिनियोजन गरेको र उक्त कार्यक्रम सामाजिक बिकास कार्यालय मार्फत संचालन भएको छ । आश्रम हातामा रहेका ज्येष्ठ नागरिकका अतिरिक्त गण्डकी प्रदेशका अल्जाईमर पीडित ज्येष्ठ नागरिकहरुलाई पोखरा बृद्धाश्रममा ल्याएमा निशुल्क टेष्ट गरिने जानकारी समेत आश्रमका सचिव धर्म बहादुर तमुले दिएका थिए ।
यसै गरी ज्येष्ठ नागरिक तथा गृहिणिहरुलाई लक्षित गरि संचालन गरिएको आय आर्जन कार्यक्रममा सहभागि प्रशिक्षार्थीहरुलाई सहभागिताको प्रमाण पत्र समेत प्रमुख अतिथिबाट बितरण गरिएको थियो । सो अवसरमा आश्रमको लागि आवश्यक पर्ने १५ थरीका अचार उत्पादन र बढि भएको खाद्य पदार्थ बिक्री गर्न सकिने बताइएको थियो । आश्रमका सहकोषाध्यक्ष सुजन लामाले उक्त अवसरमा श्रृजनशील कार्यमा सहयोग पु¥याउनु हुने सहजकर्ता काशी गुरुङ्ग, कार्यक्रम संयोजक सीता काफ्ले, सहभागी मन्दीरा पराजुली लगायतले अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP