Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , बैसाख ९, २०८३
मगरदाङ्गमा महिला शसक्तिकरण तथा उत्प्रेरणामूलक कार्यक्रम – Sarangi News

पोखरा । मालिका गाउँपालिका ०५ देबिस्थानमा महिला शसक्तिकरण तथा उत्प्रेरणामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

महिला सशक्तीकरणमा-महालक्ष्मी लाईफ कार्यक्रमको महालक्ष्मी लाइफ इन्स्योरेन्सले आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिका प्रमुख बेग प्रसाद गर्बुजाले महिला आर्थिकरुपमा सम्पन्न भए मात्रै समाज समृद्धि हुने बताउनु भयो । प्रमुख गर्बुजाले महिला शसक्तिकरणमा महालक्ष्मीले पुर्याएको योगदानको चर्चा गर्दै पालिकाले महिलाहरुका लागि आयमुलक तथा वित्तय साक्षरता कार्यक्रम संचालन गरिरहेको बताउनु भयो ।

d
कार्यक्रमको महालक्ष्मी इन्स्योरेन्स धौलागिरी प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो । प्रमुख आचार्यले रोजगारी र समृद्धिका लागि सबैभन्दा सजिलो बाटो इन्स्योरेन्स भएको बताउनु भयो ।

सहभागीको तर्फबाट सपना राना मगर र पिपला पुनले आफ्नो अनुभव र जिज्ञासा राख्नु भएको थियो । करिब सय जना महिलाहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता वार्ड सदस्य सरिता सुनारले गर्नुभएको थियो । महालक्ष्मी इन्स्योरेन्सका एजेन्सी म्यानेजर राजमती बुढाथोकीको स्वागत र सुनिता पाइजा पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP