शुक्रबार , बैसाख २६, २०८२
मगरदाङ्गमा महिला शसक्तिकरण तथा उत्प्रेरणामूलक कार्यक्रम – Sarangi News

पोखरा । मालिका गाउँपालिका ०५ देबिस्थानमा महिला शसक्तिकरण तथा उत्प्रेरणामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

महिला सशक्तीकरणमा-महालक्ष्मी लाईफ कार्यक्रमको महालक्ष्मी लाइफ इन्स्योरेन्सले आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिका प्रमुख बेग प्रसाद गर्बुजाले महिला आर्थिकरुपमा सम्पन्न भए मात्रै समाज समृद्धि हुने बताउनु भयो । प्रमुख गर्बुजाले महिला शसक्तिकरणमा महालक्ष्मीले पुर्याएको योगदानको चर्चा गर्दै पालिकाले महिलाहरुका लागि आयमुलक तथा वित्तय साक्षरता कार्यक्रम संचालन गरिरहेको बताउनु भयो ।

d
कार्यक्रमको महालक्ष्मी इन्स्योरेन्स धौलागिरी प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो । प्रमुख आचार्यले रोजगारी र समृद्धिका लागि सबैभन्दा सजिलो बाटो इन्स्योरेन्स भएको बताउनु भयो ।

सहभागीको तर्फबाट सपना राना मगर र पिपला पुनले आफ्नो अनुभव र जिज्ञासा राख्नु भएको थियो । करिब सय जना महिलाहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता वार्ड सदस्य सरिता सुनारले गर्नुभएको थियो । महालक्ष्मी इन्स्योरेन्सका एजेन्सी म्यानेजर राजमती बुढाथोकीको स्वागत र सुनिता पाइजा पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

एमाले नेता जमिन्द्रमान घलेको प्रेस चौतारी लमजुङ अध्यक्षलाई अनुचित दवाव!

ओली : शिक्षाका सौदागर, निजी विद्यालयका ठेकेदार !

जबर जस्ती करणीको मुद्दा मिलाउनेमा दान बहादुर उपर उजुरी।

एक सैनिकको अर्को युद्ध :समाज परिवर्तन

छाँयामा परेको पौराणिक ईतिहास बोकेको जटेश्वर बुढा महादेव मन्दिर।

मध्यनेपाल नगरपालीकाले पनि भोलि देखि स्कुल सन्चालन गर्न विज्ञप्ती जारी गर्यो।


TOP