प्रेमका लागि प्राण उत्सर्ग गर्ने भ्यालेन्टाइन र जुलियाको अद्भुत प्रेम ! – Sarangi News

अचेल धेरै युवायुवतीहरु भ्यालेन्टाइन डेमा अभ्यस्त भइरहेका छन् । यो दिनलाई प्रेम उत्सव ठान्दछन् उनीहरु । भ्यालेन्टाइन डेको आगमनसँगै उनीहरुमा उत्साह भरिएको छ । तर, करोडौं युवायुवतीमा रोमाञ्चकता ल्याइदिने भ्यालेन्टाइन डेको पृष्ठभूमि भने निकै दुःखद छ । प्राप्ति मात्रै प्रेम होइन, त्याग पनि स्वीकार्न सक्नुपर्छ भन्ने अर्थ छ यो दिवसको ।

भ्यालेन्टाइन डेको सुरुआत अंग्रेजी सम्वत तेस्रो शताव्दीतिर भएको हो । रोमन तानाशाही शासक क्लाउडिअस दोस्रोले मृत्युदण्ड दिएको उसको सिपाही भ्यालेन्टाइन्स र उसको भगवानप्रतिको आस्था अनि जुलियाप्रतिको प्रेम बलिदानीसित गाँसिएको छ यो इतिहास ।

क्लाउडिअसले आफ्ना नागरिकलाई १२ वटा भगवानको मात्र पूजा गर्न आदेश दिएका थिए । आदेश नमान्नेलाई मृत्युदण्ड गर्ने घोषणा गरे । तर भ्यालेन्टाइन्स प्रतिवद्ध इसाइ थिए । उनी आफ्नो धार्मिक आस्थामा डगमगाएनन् । शासकको आदेश उल्लघंन गरे । उनको व्यवहारबाट क्लाउडिअस क्रुद्ध भए । भ्यालेन्टाइन्स पक्राउ परे अनि मृत्युदण्ड दिइयो ।

मृत्युदण्डको मिति तोकिएको केही साताको अवधि भ्यालेन्टाइन्सका लागि निकै अर्थपूर्ण रह्यो । जेलरले उसलाई जुलियासित भेटाउने प्रस्ताव ल्याए । जुलिया जन्मजात दृष्टिविहीन, तर सौन्दर्य र तीक्ष्ण दिमागकी थिइन् ।

उनीहरुबीच रोमको इतिहासबारे ज्ञान आदान-प्रदान भयो । भ्यालेन्टाइन्सले प्रकृति र विश्वको बारेमा व्याख्या गरे । जुलियाले पनि उसकै आँखामार्फत् विश्व बुझिन् ।

‘भ्यालेन्टाइन्स, के भगवानले हाम्रो प्रार्थना सुन्छन् त ? ‘ एकदिन जुलियाले सोध्दा भ्यालेन्टाइन्सले भनेका थिए- ‘हो जुलिया, उनले हामी प्रत्येकको प्रार्थना सुन्छन्’ ।

‘तपाईंलाई थाहा छ, म हरेक विहान र साँझ के प्रार्थना गर्दछु ?’ मैले भगवान देख्न सकूँ, तपाईंले सुनाएको हरेक कुरा आफैले देख्न सकूँ’ जुलियाले भनेकी थिइन् ।

भ्यालेन्टाइन्सको जवाफ थियो- ‘भगवानले हामी सबैको प्रार्थना सुन्छन्, तर हामीले उहाँलाई पुरा विश्वास गर्नुपर्छ ।’ ‘ओहो, त्यसो भए त !’ जुलियाले तत्कालै घूँडा धसिन् र हात उठाएर प्रार्थना थालिन् । उनीहरु दुबै शान्तिपूर्वक प्रार्थनामा बसे । त्यहीबेला भर्गोज्योति (चम्किलो किरण) उनीहरु बसेको जेल कक्षमा पस्यो । अचम्मित हुँदै जुलिया चिच्याइन् , ‘भ्यालेन्टाइन्स, मैले देखें, मैले देखें ।’ ‘भगवानको कृपा प्राप्त भएको हो’ भ्यालेन्टाइनसले व्याख्या गरे अनि फेरि बसे प्रार्थनामा ।

मृत्युदण्डको अघिल्लो रात भ्यालेन्टाइन्सले जुलियाको नाममा अन्तिम पत्र लेखे । पत्रमा जुलियालाई भगवानको समीप रहन सुझाएका थिए । ‘तिम्रो भ्यालेन्टाइन’ भन्दै पत्रको पुछारमा हस्ताक्षर गरेका थिए । उसको सो वाक्यांश भोलिपल्ट नै चर्चित भयो । उसको पत्र भोलिपल्ट (१४ फेब्रुअरी, २७० इस्वी सन्) जेलको गेटमा टाँसियो । सोही दिनको सम्झना हो, भ्यालेन्टाइन दिवस ।

भ्यालेन्टाइन्सको शव रोमको प्राक्जाडिस चर्चमा गाडियो । उसको चिहानमा जुलियाले गुलाबी बदामको बोट रोपेर प्रेमभाव दर्शाएको मान्यता पनि छ । अचेल बदामको बोटलाई प्रेम र मित्रताको प्रतीक मानिन्छ । हरेक फेबु्रअरी १४, सन्त भ्यालेन्टाइन र उसले भगवान तथा जुलियाप्रति दर्शाएको प्रेमभावको सम्झना गर्दै, मनाउँदै आएका छौं । प्रेम, भ्रातृत्व, त्याग आदि आदान-प्रदान गरी विश्वमा आत्मीय विस्तार गर्नुपर्ने भ्यालेन्टाइन डेको मर्म हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP