Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
कञ्चनजङ्घामा नेपाली हिज्जे सम्पन्न – Sarangi News

पोखरा । पोखराको फूलबारीमा अवस्थित कञ्चनजङ्घा इङ्लिस बोर्डिङ स्कुलमा मङ्गलबार वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरियो सदनका एरिका गुरुङ, सम्मान कार्की, सम्रता गुरुङ र सुशान गुरुङको समूह प्रथम र पहेँलो सदनका रुपेश यादव, जोस्ना गुरुङ(७), सुशील वि.क.र जोस्ना गुरुङ(८)को समूह द्वितीय भएका थिए । हिज्जे मास्टरमा नेपाली विषय विभागीय प्रमुख सावित्री शर्मा र शिक्षक सुरेन्द्र सदिच्छा थिए । समय पालक शिक्षक लक्ष्मण बास्तोला र स्कोररमा शिक्षक अमृत जी.सी. रहेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदेवी गुरुङले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै पछिल्लो समय विद्यार्थीमा नेपाली विषयप्रति देखिएको समस्या समाधानमा केही हदसम्म भए पनि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP