कञ्चनजङ्घामा नेपाली हिज्जे सम्पन्न – Sarangi News

पोखरा । पोखराको फूलबारीमा अवस्थित कञ्चनजङ्घा इङ्लिस बोर्डिङ स्कुलमा मङ्गलबार वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरियो सदनका एरिका गुरुङ, सम्मान कार्की, सम्रता गुरुङ र सुशान गुरुङको समूह प्रथम र पहेँलो सदनका रुपेश यादव, जोस्ना गुरुङ(७), सुशील वि.क.र जोस्ना गुरुङ(८)को समूह द्वितीय भएका थिए । हिज्जे मास्टरमा नेपाली विषय विभागीय प्रमुख सावित्री शर्मा र शिक्षक सुरेन्द्र सदिच्छा थिए । समय पालक शिक्षक लक्ष्मण बास्तोला र स्कोररमा शिक्षक अमृत जी.सी. रहेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदेवी गुरुङले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै पछिल्लो समय विद्यार्थीमा नेपाली विषयप्रति देखिएको समस्या समाधानमा केही हदसम्म भए पनि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

धम्पु दुराले ठाडो भाका जग्गा किन्ने प्रतिवद्दता गर्यो शिवरात्रीमा

एक सैनिकको अर्को युद्ध :समाज परिवर्तन

छाँयामा परेको पौराणिक ईतिहास बोकेको जटेश्वर बुढा महादेव मन्दिर।

कालिकामा एसइईको तयारीमा रहेका विद्यार्थीलाई बिदाइ तथा शुभकामना

ओली : शिक्षाका सौदागर, निजी विद्यालयका ठेकेदार !

विद्यालयमा पठन संस्कृति : अवस्था, चुनौतीहरू र समाधान


TOP