Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा भूपाल राई (सबै नामावली) – Sarangi News

पोखरा । नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा भूपाल राई चयन भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिष्ठानको उपकुलपतिमा कवि विमल निभालाई चयन गरेको छ । संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाला ‘प्रचण्ड’ले प्रज्ञा-प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेका हुन् । त्यस्तै, सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

प्रतिष्ठानका प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठान ऐन,२०६४ को परिच्छेद ३ को दफा ८ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ११ बमोजिम गठन हुने पदाधिकारीहरूको नामावली ऐनको दफा ८ को उपदफा (२) अनुसार प्राज्ञहरू सिफारिस गरिएको बताइएको छ ।

मन्त्रालयले २४ जना प्राज्ञ-सभा सदस्यसमेत नियुक्त गरेको छ ।

सबै प्राज्ञहरूको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP