Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
टप्सको तिसौँ वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर) – Sarangi News

पोखरा । पोखरा-१०, रामघाटमा सञ्चालित टप्स इङ्लिस बोर्डिङ स्कुलले आफ्नो तिसौँ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न गरेको छ ।

विद्यालयको प्राङ्गणमा संस्थापक/प्रधानाध्यापक रत्नमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङले नेपालको शैक्षिक क्षेत्रमा निजी विद्यालयहरूले उल्लेख्य भूमिका खेलेका बताए । निजी विद्यालयलाई गाली गर्नु व्यर्थ भएको टिप्पणी गर्दै डा. गुरुङले प्रभावकारी शिक्षा नीति ल्याएर शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिए । टप्सले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको उनले प्रशंसा गरेका थिए ।

विद्यालयका संस्थापक/प्रधानध्यपक रत्नमान गुरुङले टप्सले बालमैत्री ढङ्गले पठनपाठन गराउँदै आएको बताए । टप्सले विद्यार्थीको प्रतिभाको विशेष ख्याल गर्ने भन्दै उनले स्वार्थभन्दा माथि उठेर शैक्षिक क्षेत्रमा कार्य गर्नुपर्नेमा आफू प्रतिबद्ध गरेको जनाए । विद्यार्थीका लागि आवश्यक सुविधा उपब्ध गराउनका लागि विद्यालय सधैँ लागिपरेको उनको भनाइ थियो ।

संस्थापक पुरस्कृत गुरुङले स्वागत गरेका कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष वीरबहादुर बुढाथोकी, कास्की अध्यक्ष मथुरा पौडेल, अभिभावक तथा पूर्व शिक्षक रुपिन्द्र प्रभावी, विद्यार्थी स्नेहा गुरुङ, नेहा गुरुङलगायतले शुभकामना दिएका थिए ।

सो अवसरमा नवदीप बोर्डिङ स्कुलकी प्रधानाध्यापक कौशल्या गुरुङ, ज्ञानुबाबा आवासीय माविका संस्थापक कृष्णबहादुर गुरुङ, नीलगिरी बोर्डिङ स्कुलकी संस्थापक रामु गुरुङ, माउन्ड एभरेस्ट बोर्डिङ स्कुलका प्रिन्सिपल युक्तप्रसाद अर्याल, प्याब्सन, कास्कीकी वरिष्ठ उपाध्यक्ष तथा न्याशनल इन्भेन्टिभ बोर्डिङ संस्थापक/प्रिन्सिपल उमा लामिछानेलगायतले शैक्षिक तथा विभिन्न क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

विद्यार्थीहरूले सांस्कृतिक तथा साहित्यिक प्रस्तुति राखेका कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक चित्रकुमार गुरुङले गरेका थिए ।

२०५० सालमा पोखराको रामघाटबाट सुरु भएको विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । हाल विद्यालयमा ७०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP