Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
कञ्चनजङ्घा बोर्डिङको एक्काइसौं वार्षिकोत्सव – Sarangi News

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ मा अवस्थित कञ्चनजङ्घा इङ्लिश बोर्डिङ स्कुलले आफ्नो २१औँ स्थापना दिवस तथा पुरस्कार वितरण शुक्रबार सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भद्रकाली बहुमुखी क्याम्पसका प्राध्यापक बुद्धिसागर सापकोटाले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । नेपाली विषय विभागीय प्रमुख सावित्री शर्माको  स्वागतसहित भएको कार्यक्रममा विभिन्न विधाका खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिनुका साथै शैक्षिक सत्र २०७८ को शैक्षिक पुरस्का समेत प्रदान गरिएको थियो । विद्यालय निर्देशक श्रीजङ्ग गुरुङले विजेता विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यका लागि शिक्षा नै पहिलो खुड्किलो भएकाले लगनशील भएर पढाइमा लाग्न शुभकामना समेत दिएका थिए ।

गत वर्षको वार्षिक परीक्षामा कक्षा पाँचसम्मका विद्यार्थीहरूमा सर्वाधिक अङ्क ल्याउने कक्षा एकका अभिषेक गुरुङ र कक्षा दससम्मका विद्यार्थीहरूमध्ये कक्षा आठकी रिनाशा शर्मा सर्वाधिक अङ्क प्राप्त गरी पुरस्कृत भएका थिए ।

विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले आगामी योजनाहरूसमेत प्रस्तुत गरेका थिए । उक्त अवसरमा विद्यार्थीहरूले विविध साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतिसमेत गरेका थिए ।

विद्यालय सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीदेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन  गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP