Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
माछापुच्छ्रे माध्यमिक विद्यालयमा गणित तथा विज्ञान प्रदर्शनी – Sarangi News

पोखरा । माछापुच्छ्रे माध्यमिक विद्यालय माछापुच्छ्रे गाउँपालिका – २, भुर्जुङखोलाले विद्यालयको ५५ औँ वाषिकोत्सव, अभिभावक दिवसको अवसरमा बुधबारदेखि २ दिने गणित तथा विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।

गणित र विज्ञान विषयलाई दैनिक जीवन र व्यावहारिक ज्ञानसँग जोडेर सहज सिकाइका लागि सम्बन्धित विषयका करिब १५० परियोजनाहरुमध्ये उत्कृष्ट ७५ लाई प्रदर्शनीमा राखिएको छ । उक्त प्रदर्शनी एक कार्यक्रमका बिच माछापुच्छे« गाउँपालिका, वडा नं. २ का वडाध्यक्ष गणेश आचार्यले उद्घाटन गरे । उद्घाटनका क्रममा वडाध्यक्ष आचार्यले विद्यार्थीको सिर्जनात्मक क्षमताको खुलेर प्रशंसा गरे । मन्तव्यको क्रममा माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले गणित र विज्ञानका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने माछापुच्छे« माविका विद्यार्थी भाइबहिनीहरुको सिप र कलाको सिको अन्य विद्यालयले समेत गर्नु पर्नेमा जोड दिइन् । मर्दिखोला शैक्षिक प्रतिष्ठान, कास्कीबाट आर्थिक सहयोग प्राप्त उक्त प्रदर्शनीको उद्घाटन सत्रमा उक्त प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए  ।

विज्ञान प्रर्दशनीको पहिलो दिनमा १६ वटा छिमेकी विद्यालयका करिव २००० विद्यार्थीले अवलोकन गरेका थिए । माछापुच्छ्रे माविका शिक्षा प्रमुख निलराज अधिकारीले प्रदर्शनी फाल्गुन ११ गते पनि निरन्तर जारी रहने जानकारी दिएका छन् ।

साथै, वार्षिकोत्सवको पूर्व सन्ध्यामा विद्यालयले आजै अन्तर विद्यालय (१–५)  हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न गरेको छ । नौ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा माछापुच्छे« माध्यमिक विद्यालय,   सागर मेमोरियल बोडिङ्ग स्कुल र वाराही आधारभूत विद्यालयले क्रमशः प्रथम, द्वितीय र तृतिय स्थान हासिल गरे । विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बम बहादुर गुरुङको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नेपाल प्रकाश अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP