Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
व्यासका गणित-विज्ञान शिक्षकहरूका लागि पुनर्ताजगी तालिम – Sarangi News

दमौली । व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाको आयोजनामा व्यास नगरपालिकाभित्र रहेका  गणित र विज्ञान  शिक्षकहरुका लागि तीन दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । फागुन ७ गते व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले उद्घाटन गरी सुरु गरेको कार्यक्रम फागुन ९ गते समन्वय प्रमुख तनहुंका शान्तिरमण वाग्लेको उपस्थितिमा समापन गरिएको हो । समापन गर्दै समन्वय प्रमुख वाग्लेले तालिममा सिकेका कुराहरुलाई शैक्षिक सुधारका निम्ति प्रयोग गर्न आग्रह गरेका थिए । शिक्षाको लगानी तत्काल प्रतिफल नआउने भएतापनि सम्मानित शिक्षकहरूको क्षमता विकासले समग्र शिक्षा क्षेत्रमा सुधार हुने  विचार उनले व्यक्त गरेका थिए ।

 विशिष्ट अतिथिको रुपमा उपस्थित शिक्षा तथा समन्वय इकाई प्रमुख बसन्त राज पौडेलले स्थानीय तहले लिएको शिक्षाको अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न शिक्षकहरुका लागि पुनर्ताजगी तालिम अत्यन्त सान्दर्भिक भएको भन्दै यसलाई अझै निरन्तरता दिन आग्रह गरेका थिए ।

ब्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास प्रमुख नविन पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट कृष्ण तिवारी र विज्ञान विषयका प्रशिक्षार्थीहरुको को तर्फबाट पिताम्बर सिग्देल साथै प्रशिक्षकहरुको तर्फबाट अनिल श्रेष्ठ र तोया गिरीले शिक्षण सिकाइमा परेका समस्याहरु र यस तालिमले पुराएको सहयोगका बारेमा आफ्ना भनाइहरु प्रस्तुत गरेका थिए। तीनदिने पुनर्ताजकी तालिममा गणित विषयका प्रशिक्षक शरदचन्द्र खनाल,अनिल श्रेष्ठ र श्रीकृष्ण आचार्य रहेका थिए भने बिज्ञान विषयको प्रशिक्षकको रुपमा तोया गिरी र एक बहादुर गुरुङ रहेका थिए।

तनहुं कै उत्कृष्ट र नमुना विद्यालय सत्यवती माध्यमिक विद्यालयमा भएको तालिममा ब्यास नगरपालिका भित्रका माध्यमिक विद्यालयहरुका गणित र विज्ञान विषयमा अध्यापन गराउने शिक्षकहरुको उपस्थिति रहेको थियो। सुविधासम्पन्न र प्रविधियुक्त विद्यालय भएकाले धेरै कुराहरु सिक्ने अवसर प्राप्त भएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो । तालिमलाई व्यवस्थापन गर्ने कार्यमा शिक्षा शाखामा कार्यरत किशोर वास्तोलाले सहजीकरण गरेका दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP