नेपाली लेखक सङ्घ गण्डकीले दौँतरी शृङ्खला गर्ने – Sarangi News

पोखरा । नेपाली लेखक सङ्घ, गण्डकीको सचिवालय बैठक समितिका अध्यक्ष डा ईश्वरमणि अधिकारीको अध्यक्षतामा पोखरामा सम्पन्न भएको छ ।

बैठकले सङ्घका विविध साङ्गठनिक निर्णयहरूसहित आफ्नै आयोजनामा दौँतरी शृङ्खला सञ्चालन गर्ने निर्णय गरेको छ । सकभर यौटै उमेर समूहका साहित्यकारहरूलाई एउटै मञ्चमा कविता, गीत, गजल, मुक्तक, बहस लगायतका विभिन्न आयामहरूमा प्रस्तुत गर्ने लक्ष्य राखिएको उक्त शृङ्खलाको शुभारम्भमा आगामी चैत्र ११ गते शनिबार पोखरामा एक विशेष समारोहका बिच नेपाली कविताका दुइ मानक कविहरू सरूभक्त र तीर्थ श्रेष्ठलाई एकसाथ प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP