नारी दिवसमा मगरदाङ्गमा आमाहरुको फुटसल प्रतियोगिता हुने, पुरस्कार सौजन्य धमाधम आउँदै… – Sarangi News

प्रकाश अधिकारी
म्याग्दी । अन्तर्रािष्ट्रय नारी दिवसको अवसरमा मालिका गाउँपालिका–५ देविस्थानमा महिला फुटसल प्रतियोगिता हुने भएको छ ।

‘स्वास्थ्य र समाजका लागि खेलकुद’भन्ने आर्दशसहित मगरदाङ्ग आमा समूहको नारी दिवसको अवसरमा अन्तर समुह स्तरीय महिला फुटसल प्रतियोगिता गर्न लागिएको समुहका अध्यक्ष राजमती बुढाथोकीले जानकारी दिनुभयो । मनोेरञ्जनका साथसाथै महिलाहरुमा उच्च स्तरको आत्मविश्वास, समुहकार्य र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजकले जनाएको छ ।

मगरदाङ्ग खेलमैदानमा हुने फुटसलको टिमदर्ता समय यहि फागुन २१ र २२ गते हुने समुहका सचिव सुनिता पुनले जानकारी दिनुभयो । २२ गते फागुपुर्णिमाको अवसरमा होलीमा रमाउँदै पहिलो चरणका खेल हुने र २४ गते अन्तर्रािष्ट्रय नारी दिवसको दिन सेमी तथा फाइनल खेल हुने छ । पुनले भन्नुभयो । खेलमा देविस्थानका करिब एकदर्जन महिला समुहले भाग लिने छन् । खेलमा कुनै पनि विभागीय टोली र क्लबबाट खेल नखेलेका विवाहित महिला भाग लिन पाउने उल्लेख गरिएको छ । टिमदर्ता शूल्क रु ६ सय तोकिएको सचिव पुनले जानकारी दिनुभयो । खेलको विजेताले रु ५ हजार र प्रमाणपत्र पाउने छन् । उपविजेताले ३ हजार, तृतीय हुनेले समुहले रु २ हजार र प्रमाणपत्र पाउने छन् ।

यसैबिच समुहलाई फुटसलको पुरस्कार सौजन्य प्राप्त भएको छ । पोखराका इन्जिनियर प्रतिक खड्काले महिलाहरुलाई प्रोत्सान होस् भनेर तृतीय पुरस्कार सौजन्य गर्नुभएको छ । इन्जिनियर खड्काले पहिलोपटक सैजन्य गर्नुभएकोमा आमा समुहले धन्यबाद ज्ञापन समेत गरेको छ । अन्तर्रािष्ट्रय नारी दिवसको अवसरमा आयोजित कार्यक्रम देविस्थानवासीको गौरब र आशाको सञ्चार भएको बताउनुभयो । उहाँले पुरस्कार सौजन्य गर्नुभएका खड्कालाई धन्यबाद ज्ञापन गदै देश तथा विदेशमा रहनुभएका देविस्थान बासीलाई आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्न अपिल समेत गर्नुभयो । सहयोग गर्न चाहने महानुभावहरुले ९८६७८८६४८६ र ९८४०३३३२६० मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवस सन् १९०९ सालमा अमेरिकाबाट राजनितिक तवरबाट शुरु भएको हो । हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरूमा केन्द्रि हुने गरेको छ । हरेक वर्षको मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP