पोखरामा लघुकथा लेखनसम्बन्धी प्रशिक्षण – Sarangi News

पोखरा । लघुकथा प्रतिष्ठान, पोखराले शनिबार लघुकथा लेखनसम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ ।

लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ प्रमुख प्रशिक्षक रहेका प्रशिक्षणमा ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । रोदनले लघुकथाको सैद्धान्तिक तथा व्यावहारिक विषयमा प्रशिक्षण दिएका थिए । उनले नेपाली साहित्यमा लघुकथाको कृति प्रकाशनको इतिहास २००७ मा प्रकाशित पूर्णप्रसाद ब्राह्मणको ‘झिल्का’ लघुकथा सङ्ग्रहबाट सुरु भएको बताए । उनले वर्तमान समयमा लघुकथाले प्राप्त गरेको लोकप्रियतासँगै गुणस्तर कायम गर्नुपर्ने चुनौतिलाई यस्ता प्रशिक्षणले सहयोग गर्ने बताए ।

अर्का प्रशिक्षक डा. भवानी पाण्डे ‘भाष्कर’ले नेपाली लघुकथाका चुनौती र सम्मावना तथा प्रतिष्ठानकै सचिव कल्याण पन्तले लघुकथाको सैद्धान्तिक संरचनाका विषयमा प्रशिक्षण दिएका थिए । प्रतिष्ठानका अध्यक्ष विष्णु अल्पविरामको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त र पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति पदमराज ढकालले पनि समापन समारोहमा शुभकामना दिएका थिए ।

प्रशिक्षणलाई गण्डकी प्रज्ञा-प्रतिष्ठान र पोखरा प्रज्ञा-प्रतिष्ठानले सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP