Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
पोखरामा लघुकथा लेखनसम्बन्धी प्रशिक्षण – Sarangi News

पोखरा । लघुकथा प्रतिष्ठान, पोखराले शनिबार लघुकथा लेखनसम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ ।

लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ प्रमुख प्रशिक्षक रहेका प्रशिक्षणमा ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । रोदनले लघुकथाको सैद्धान्तिक तथा व्यावहारिक विषयमा प्रशिक्षण दिएका थिए । उनले नेपाली साहित्यमा लघुकथाको कृति प्रकाशनको इतिहास २००७ मा प्रकाशित पूर्णप्रसाद ब्राह्मणको ‘झिल्का’ लघुकथा सङ्ग्रहबाट सुरु भएको बताए । उनले वर्तमान समयमा लघुकथाले प्राप्त गरेको लोकप्रियतासँगै गुणस्तर कायम गर्नुपर्ने चुनौतिलाई यस्ता प्रशिक्षणले सहयोग गर्ने बताए ।

अर्का प्रशिक्षक डा. भवानी पाण्डे ‘भाष्कर’ले नेपाली लघुकथाका चुनौती र सम्मावना तथा प्रतिष्ठानकै सचिव कल्याण पन्तले लघुकथाको सैद्धान्तिक संरचनाका विषयमा प्रशिक्षण दिएका थिए । प्रतिष्ठानका अध्यक्ष विष्णु अल्पविरामको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त र पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति पदमराज ढकालले पनि समापन समारोहमा शुभकामना दिएका थिए ।

प्रशिक्षणलाई गण्डकी प्रज्ञा-प्रतिष्ठान र पोखरा प्रज्ञा-प्रतिष्ठानले सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP