Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
नवदीप बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव (फोटो फिचर) – Sarangi News

पोखरा । पोखरा-१०, शिवचोकमा सञ्चालित नवदीप इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न गरेको छ ।

विद्यालयका संस्थापक गीतकार तथा समाजसेवी एकेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्‍घाटन साहित्यकार सरुभक्तले गरेका थिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका उनले शिक्षालयहरूले विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नुपर्नेमा जोड दिए । नवदीपका विद्यार्थीहरूद्वारा प्रस्तुत सांस्कृतिक प्रस्तुति तथा नाटकबाट आफू प्रभावित भएको भन्दै सरुभक्तले कला र संस्कृतिलाई विद्यालयले दिएको उच्च सम्मानप्रति प्रशंसा गरे ।

विद्यालयकी प्रिन्सिपल कौशल्या गुरुङले विगतमा अत्यन्त कठिन परिस्थितिमा पनि नवदीपप्रति अभिभावकले दिएको विश्वासका कारण विद्यालयले प्रगति गरेको बताइन् । कोरोनाको समयमा विद्यालय गरेका असल अभ्यासहरूको चर्चा गर्दै उनले सहकर्मी शिक्षक/कर्मचारीले पैसाभन्दा माथि उठेर विद्यार्थीको हितका लागि गरेका प्रयासप्रति आभार प्रकट गरिन् । उनले विद्यालयले अभिभावकहरूको मागबमोजिमको विद्यार्थीमैत्री सिकाइ गरिरहेको बताइन् ।

प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले नवदीपको विगत सम्झँदै अहिलेको जुझारु टिमले व्यवस्थापनको जिम्मा लिएपछि निकै राम्रो विद्यालयका रूपमा आफूलाई स्थापित गरेको बताए । उनले आजका बालबालिकामा नवदीपले जगाएको सांस्कृतिक मोहको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा शैक्षिक सत्र २०७८ का उत्कृष्ट विद्यार्थीहरूलाई संस्थापकहरू मगन श्रेष्ठ, आशिष गुरुङ, चित्रकुमार गुरुङ, हिसानका दिवाकर जैसी, प्याब्सनकी उपाध्यक्ष उमा लामिछाने, नीलगिरी बोर्डिङ स्कुलकी रामु गुरुङ, तुम धीँकी संस्थापक अध्यक्ष कर्मा गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । शिक्षक सरोज खनालद्वारा सञ्चालित कार्यक्रममा निर्देशक चित्रकुमार गुरुङले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP