Trend
लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग  ||   साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||  
बुधबार , साउन २२, २०८२
इसिडी र विद्यालय कर्मचारीको मागबारे ध्यानाकर्षण पत्र – Sarangi News

श्रीकृष्ण आचार्य

दमौली । नेपाल शिक्षक संघका व्यास नगर कार्यसमितिले इसिडी र विद्यालय कर्मचारीका  सम्बन्धमा शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्र राज पौडेल समक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् ।

लामो समयसम्म पनि विद्यालय कर्मचारी र इसिडी शिक्षकलाई न्यून तलबमा कार्य गर्न लगाइएको एवं पेशाको सुरक्षाको प्रत्याभूति नभएको भन्दै इसिडी शिक्षकहरु र विद्यालय कर्मचारीको समस्या बुझी सरकार समक्ष आफ्ना कुराहरु पुर्‍याइदिन ध्यानाकर्षण पत्र बुझाइएको व्यास नगर अध्यक्ष ईन्द्र प्रसाद पौडेलले जनाएका छन् ।

शिक्षक संघले देशभरका इसिडी र विद्यालय कर्मचारीको पक्षमा पैरबी गर्न सहज होस् भनी संघ मार्फत ध्यानाकर्षण पत्र बुझाइएको विद्यालय कर्मचारी संघ तनहुंका अध्यक्ष अमर सुनारले जनाएका छन् । सरकारले अझै पनि इसिडी र विद्यालय कर्मचारीलाई न्यूनतम ज्याला दिन सकिरहेको छैन । पालिका मार्फत १५ हजार पुर्याउने भनिएतापनि सबै पालिकाले उक्त रकम सम्बोधन गर्न नसकेको शिक्षक एवं कर्मचारीहरूको गुनासो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP