इसिडी र विद्यालय कर्मचारीको मागबारे ध्यानाकर्षण पत्र – Sarangi News

श्रीकृष्ण आचार्य

दमौली । नेपाल शिक्षक संघका व्यास नगर कार्यसमितिले इसिडी र विद्यालय कर्मचारीका  सम्बन्धमा शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्र राज पौडेल समक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् ।

लामो समयसम्म पनि विद्यालय कर्मचारी र इसिडी शिक्षकलाई न्यून तलबमा कार्य गर्न लगाइएको एवं पेशाको सुरक्षाको प्रत्याभूति नभएको भन्दै इसिडी शिक्षकहरु र विद्यालय कर्मचारीको समस्या बुझी सरकार समक्ष आफ्ना कुराहरु पुर्‍याइदिन ध्यानाकर्षण पत्र बुझाइएको व्यास नगर अध्यक्ष ईन्द्र प्रसाद पौडेलले जनाएका छन् ।

शिक्षक संघले देशभरका इसिडी र विद्यालय कर्मचारीको पक्षमा पैरबी गर्न सहज होस् भनी संघ मार्फत ध्यानाकर्षण पत्र बुझाइएको विद्यालय कर्मचारी संघ तनहुंका अध्यक्ष अमर सुनारले जनाएका छन् । सरकारले अझै पनि इसिडी र विद्यालय कर्मचारीलाई न्यूनतम ज्याला दिन सकिरहेको छैन । पालिका मार्फत १५ हजार पुर्याउने भनिएतापनि सबै पालिकाले उक्त रकम सम्बोधन गर्न नसकेको शिक्षक एवं कर्मचारीहरूको गुनासो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

​दीपक माविको ६७ औं वार्षिकोत्सव सम्पन्न, लोकनृत्यमा न्यू वेस्ट पोइन्ट प्रथम

भण्डारी र कडेलद्वारा बाराही आविका विद्यार्थीलाई पोसाक र स्टेसनरी वितरण

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित


TOP