Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
कञ्चनजङ्घामा एस. ई. ई.का विद्यार्थीलाई बिदाइ – Sarangi News

सुरेन्द्र सदिच्छा

पोखरा । पोखराको फूलबारीमा अवस्थित कञ्चनजङ्घा इङ्लिस बोर्डिङ स्कुलले आइतबार आफ्नो १२ औँ एस्.ई.ई. समूहलाई एक कार्यक्रमको आयोजना गरी बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कक्षा नौका विद्यार्थीहरूले आयोजना गरेको  कार्यक्रम कक्षा नौकै छात्र कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा छात्रा सृष्टि खत्रीले स्वागत् मन्तव्य राखेकी थिइन् । आफ्नो मन्तव्यका क्रममा प्रमुख अतिथि तथा विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले विद्यार्थीहरूलाई उच्चतम सफलताका लागि शुभकामना व्यक्त गरे । उनले हरेक गल्तीबाट परिस्कृत हुँदै सफलतालाई पछ्याउन सुझावसमेत दिए । बिदाइ भएर जाने विद्यार्थीका तर्फबाट अश्विन गुरुङले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय निर्देशक श्रीजङ गुरुङले भौतिक रूपमा टाढा भए पनि विद्यालयको आशीर्वाद सदा विद्यार्थीकै शिरमा रहने बताए । कार्यक्रममा कक्षा नौका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । विद्यालयको तर्फबाट बिदाइ भएर जाने विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने कक्षा दसका विद्यार्थीहरूले पनि विद्यालयलाई उपहार प्रदान गरेका थिए । छात्राहरू रिनाशा शर्मा, रोशनी गुरुङ र दिक्षिता गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP