Trend
नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||   शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष भण्डारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री  ||   श्रावण महिनाको पहिलो सोमबार ईशानेश्वर महादेव मन्दिरमा ८० हजार दान संकलन।  ||  
शनिबार , साउन १६, २०८३
सार्दिखोला सहकारीको सेवाकेन्द्र खोरामुखमा – Sarangi News

पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा नं. २ मा प्रधान कार्यालय रहेको सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले एक समारोह आयोजना गरी माछापुच्छे गाउँपालिका वडा नं ८, खोरामुखमा सेवा केन्द्रको समुद्घाटन गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले सेवाकेन्द्रको उद्घाटन गर्दै सहकारीले पुर्याएको सेवाको मुक्त कण्ठले प्रशंसा गर्नुभयो । मन्तव्यका क्रममा उहाँले गाउँपालिका भरि भएका सहकारीको अनुगमनको क्रममा यस सार्दिखोला बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट रहेको पाईएको र सहकारीको प्राण नै बचत भएकाले सदस्यहरुलाई नियमित बचत गर्न आग्रह गर्नुभएको थियो ।

माछापुच्छ्रे गाउँपालिकाभरि कार्य क्षेत्र रहेको सो सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत त्यस भेगमा वातवरणीय सरसफाइ, रक्तदान, कृषकलाई बिउ बीजन वितरण, छात्रवृत्ति प्रदान तथा स्टेशनरी वितरण जस्ता रचनात्मक कार्यक्रम गर्दै आएको छ । उक्त अवसरमा समेत सहकारीले शहीद हरि प्रसाद आधारभुत माविमा अध्ययनरत दुई जना छात्रछात्रालाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत गोबिन्द राज आचार्यले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष सर्वजीत गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्था प्रवद्र्धन तथा खोज बिशेष समितिका संयोजक सन्तोष आचार्यले स्वागत मन्तब्य प्रस्तुत गर्नुभएको थियो तथा समाजसेवीहरु अप्सरा गौतम लामिछाने, जितबहादुर क्षेत्री, दुर्गाबहादुर गुरुङ र बलराम रानाभाटले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सञ्चालन संस्थाका सचिव रामप्रसाद आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP