Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
क्रियाशील पत्रकारका लागि भाषा सम्पादन तालिम सम्पन्न – Sarangi News

पोखरा । पोखराका क्रियाशील पत्रकारहरुका लागि आयोजित तीन दिने भाषा सम्पादन तालिम आइतबार सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीले तालिम आयोजना गरेको हो ।
तालिममा सहभागी ५५ जना पत्रकारलाई भाषाविज्ञ शरच्चन्द्र वस्ती र प्रशिक्षक विमल आचार्यले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले भाषालाई सतहीमा बुझ्न नहुने भन्दै सिकाइ भन्ने कुरा कहिल्यै नसकिने बताए । उनले भाषालाई समुन्नत बनाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए ।
पत्रकारले सिकेको भाषाले सिंगो पोखराले प्रतिविम्बित गर्ने भन्दै आगामी दिनमा पत्रकारले प्रयोग गर्ने भाषाहरु थप व्यावहारिक बन्ने विश्वास व्यक्त गरे । मेयर आचार्यले पत्रकार महासंघसँग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, प्रमुख प्रशिक्षक शरच्चन्द्र वस्ती, प्रशिक्षक विमल आचार्य, प्रशिक्षार्थी कमल पौडेल अथक, खीमाकुमारी गुरुङ लगायतले बोलेका थिए ।
महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामप्रसाद तिमिल्सिनाले स्वागत, उपाध्यक्ष जमुना शर्मा वर्षाले धन्यवाद ज्ञापन र सहसचिव श्रीराम सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP