रेडक्रस उपशाखा लाहाचोकको  साधारण सभा – Sarangi News

पोखरा  । नेपाल रेडक्रस सोसाइटी माछापुच्छ्रे गाउँपालिका- ४, लाहाचोक उपशाखाको १८  औँ साधारण सभा सम्पन्न भएको छ ।

महेन्द्र माविको सभाहलमा सम्पन्न उपशाखाको  साधारण सभाको अवसरमा उपशाखाले पूर्व सभापतिहरू यदुराम अधिकारी, लीलाधर अधिकारी र नारायणप्रसाद पौडेललाई सम्मान गरेको थियो भने गाउँमा विभिन्न सामुदायिक सेवाका साथ जुनसुकै अवस्थामा पनि उद्धार सहयोगमा भूमिका खेल्ने एम्बुलेन्स चालक सुशील श्रेष्ठलाई सम्मान  गरेको छ । उपशाखामा २७ जना नया आजीवन सदस्यहरूलाई सदस्यता को प्रमाण पत्र वितरण गरिनुको  साथै १८ औं साधारण सभा  पूर्व  आयोजित निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको उपसभापति उर्मिला खड्का भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सभापति केशवराज पौडेलले संस्थाको गतिविधि र भावी कार्ययोजना प्रस्तुत गररेका थिए । कोषाध्यक्ष श्रीकान्त पौडेलले संस्थाको आर्थिक  गतिविधिको बारेमा जानकारी गराएका थिए । विशेष अतिथिको मन्तव्य दिँदै  विशेष अतिथि कार्यवाहक वडा अध्यक्ष रवि अधिकारीले क्यान्सर पीडितलाई आफूले प्राप्त गर्ने पारिश्रमिक एक महिनाको पुरै सहयोग गर्ने र उपशाखाबाट सुरु गरिने राहत कोषमा रु. तीन हजार  प्रदान गर्ने घोषणा गरेका थिए । उपशाखाका सभापति  केशवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्णप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज


TOP