रेडक्रस उपशाखा लाहाचोकको  साधारण सभा – Sarangi News

पोखरा  । नेपाल रेडक्रस सोसाइटी माछापुच्छ्रे गाउँपालिका- ४, लाहाचोक उपशाखाको १८  औँ साधारण सभा सम्पन्न भएको छ ।

महेन्द्र माविको सभाहलमा सम्पन्न उपशाखाको  साधारण सभाको अवसरमा उपशाखाले पूर्व सभापतिहरू यदुराम अधिकारी, लीलाधर अधिकारी र नारायणप्रसाद पौडेललाई सम्मान गरेको थियो भने गाउँमा विभिन्न सामुदायिक सेवाका साथ जुनसुकै अवस्थामा पनि उद्धार सहयोगमा भूमिका खेल्ने एम्बुलेन्स चालक सुशील श्रेष्ठलाई सम्मान  गरेको छ । उपशाखामा २७ जना नया आजीवन सदस्यहरूलाई सदस्यता को प्रमाण पत्र वितरण गरिनुको  साथै १८ औं साधारण सभा  पूर्व  आयोजित निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको उपसभापति उर्मिला खड्का भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सभापति केशवराज पौडेलले संस्थाको गतिविधि र भावी कार्ययोजना प्रस्तुत गररेका थिए । कोषाध्यक्ष श्रीकान्त पौडेलले संस्थाको आर्थिक  गतिविधिको बारेमा जानकारी गराएका थिए । विशेष अतिथिको मन्तव्य दिँदै  विशेष अतिथि कार्यवाहक वडा अध्यक्ष रवि अधिकारीले क्यान्सर पीडितलाई आफूले प्राप्त गर्ने पारिश्रमिक एक महिनाको पुरै सहयोग गर्ने र उपशाखाबाट सुरु गरिने राहत कोषमा रु. तीन हजार  प्रदान गर्ने घोषणा गरेका थिए । उपशाखाका सभापति  केशवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्णप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

‘सरुभक्तका कविता’ सार्वजनिक

२३ औँ कायापलट रनिङ सिल्डको उपाधि आयोजकलाई


TOP