शनिबार , साउन १२, २०८१
फेवाको सिमसार क्षेत्र पुर्ने कार्य रोकिने – Sarangi News

पोखरा । पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्र भित्र हुँदै गरेका जमिन पुर्ने तथा खार्ने कामलाई रोक्ने निर्णय भएको छ ।

जिल्ला समन्वय समिती कास्की प्रमुख एबम कास्कीका भु तथा जलाधार संरक्षण समितिका अध्यक्ष लिलाधार पौडेलको अध्यक्षतामा  शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सिमसार क्षेत्रमा भैरहेका अबैध उत्खनन  र जमिन पूर्ने कार्य तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आबश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।

 बैठकले  एक संयन्त्र निर्माण गरि  सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको अध्यक्ष लिलाधर पौडेलले जानकारी दिनुभयो।

 फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृत रूपले दोहन भैरहेकी भन्ने सूचना आए पछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र नियम बिपरित कानुन हातमा लिएर काम गर्ने जो कोहिलाइ पनि  कारबाही गरिने उल्लेख गर्नु भयो।

पौडेलले कास्की र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य आकर्षण फेवा ताल र सिमसारको अस्तित्वमा संकट ल्याउने कार्य सह्य नहुने र जो सुकैहुन कारबाही गरि छाड्ने उल्लेख गर्नु भयो।

बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले  फेवा माथिको दोहन रोक्नका लागि र सो  क्षेत्रको संरक्षणमा महानगरको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्नु भयो।

कास्किका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले निर्धक्कका साथ काम गर्न समितिलाई आग्रह गर्दै प्रशासन सो को लागि पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्नु भयो ।

जिल्ला समन्वय समिती कास्की प्रमुख एबम कास्कीका भु तथा जलाधार संरक्षण समितिका अध्यक्ष लिलाधार पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP