Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
फेवाको सिमसार क्षेत्र पुर्ने कार्य रोकिने – Sarangi News

पोखरा । पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्र भित्र हुँदै गरेका जमिन पुर्ने तथा खार्ने कामलाई रोक्ने निर्णय भएको छ ।

जिल्ला समन्वय समिती कास्की प्रमुख एबम कास्कीका भु तथा जलाधार संरक्षण समितिका अध्यक्ष लिलाधार पौडेलको अध्यक्षतामा  शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सिमसार क्षेत्रमा भैरहेका अबैध उत्खनन  र जमिन पूर्ने कार्य तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आबश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।

 बैठकले  एक संयन्त्र निर्माण गरि  सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको अध्यक्ष लिलाधर पौडेलले जानकारी दिनुभयो।

 फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृत रूपले दोहन भैरहेकी भन्ने सूचना आए पछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र नियम बिपरित कानुन हातमा लिएर काम गर्ने जो कोहिलाइ पनि  कारबाही गरिने उल्लेख गर्नु भयो।

पौडेलले कास्की र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य आकर्षण फेवा ताल र सिमसारको अस्तित्वमा संकट ल्याउने कार्य सह्य नहुने र जो सुकैहुन कारबाही गरि छाड्ने उल्लेख गर्नु भयो।

बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले  फेवा माथिको दोहन रोक्नका लागि र सो  क्षेत्रको संरक्षणमा महानगरको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्नु भयो।

कास्किका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले निर्धक्कका साथ काम गर्न समितिलाई आग्रह गर्दै प्रशासन सो को लागि पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्नु भयो ।

जिल्ला समन्वय समिती कास्की प्रमुख एबम कास्कीका भु तथा जलाधार संरक्षण समितिका अध्यक्ष लिलाधार पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP