Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
  कञ्चनजङ्घामा अङ्ग्रेजी हिज्जे – Sarangi News

सुरेन्द्र सदिच्छा

पोखरा। पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा बिहीबार वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निलो सदनका जोस्ना गुरुङ, कृतिम गुरुङ, यशोदा गेलाल र रिशिका गुरुङको समूह प्रथम र पहेँलो सदनका सम्रता गुरुङ, सुम्निमा तामाङ, सुजाता कोइराला र अनुष्का पौडेलको समूह द्वितीय भएका थिए । हिज्जे मास्टरमा अंग्रेजी विषय विभागीय प्रमुख अमृत जि.सी. र शिक्षिका खेमकुमारी थापा थिए । समय पालक शिक्षक लक्ष्मण बास्तोला र स्कोररमा शिक्षक नवीन पौडेल थिए । प्रमुख अतिथि तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदेवी गुरुङले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै यस शैक्षिक सत्रभरि नै विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गरिँदै लैजाने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP