Trend
साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||  
मंगलबार , साउन २१, २०८२
मध्यनेपाल-पोखरा सम्पर्क समाजमा पौडेल – Sarangi News

पोखरा । लमजुङको मध्यनेपाल नगरपालिकाबाट  पोखरा क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूको शनिबार पोखरामा सम्पन्न भेलाले मध्यनेपाल-पोखरा सम्पर्क समाज गठन गरेको छ ।

मध्यनेपाल-६, भोर्लेटारका घर भई हाल पोखरा- ९, न्युरोड निवासी  रामबहादुर पौडेलको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा गोकर्णप्रसाद रेग्मी, सचिवमा महेन्द्रमणि पौडेल, कोषाध्यक्षमा पुष्पा गुरुङ र सहसचिवमा भुवन ढकाल रहेका छन् । यस्तै सदस्यहरूमा विष्णु घिमिरे, राधेश्याम जोशी, रुपिन्द्र प्रभावी जोशी, बिजी गुरुङ, सीता घिमिरे, इन्दिरा रेग्मी, कमला पौडेल र दोर्जे दुरा रहेका छन् ।

सोही भेलाले पारसमणि पौडेल, रमेशकुमार पाण्डे,  उदयप्रसाद घिमिरे, बाबुराम रानाभाट, रत्नमान गुरुङ, भूपालजङ कुँवर, विष्णुराज पराजुली, कृष्णप्रसाद अधिकारी  र प्रकाशमणि रेग्मी रहेको ९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

समितिले बढीमा १ वर्षभित्र साधारणसभा सम्पन्न गरी अर्को समिति गठन गर्ने समेत निर्णय गरेको सचिव महेन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार मध्यनेपाल नगरपालिकाका १० ओटै वडाहरूबाट कास्की तथा पोखरा आई बसोबास गर्नेहरूको बिचमा भाइचारा सम्बन्ध सुमधुर गर्ने मुख्य उद्देश्य रहेको छ । समाज दर्ता प्रक्रियामा गइसकेको पनि पौडेलले जनाए ।

यसैगरी  संस्थाको प्रस्तावित विधानअनुसार संरक्षक सदस्य बन्नको लागि रु. २० हजार तिर्नुपर्ने प्रावधान राखिएको छ । रामहरि पौडेल तथा अन्जनादेवी घिमिरे पौडेलको दम्पतिलाई पहिलो संरक्षक सदस्यता प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP