चिल्ड्रेन नेपालको जीवनोपयोगी सिप तथा वृत्ति परामर्शसम्बन्धी तालिम – Sarangi News

पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा  युवाहरूका निम्ति जीवनोपयोगी सिप तथा वृत्ति परामर्श  तालिम पोखरामा सम्पन्न भएको छ ।

तालिममा जीवन उपयोगी सिपहरू, रुचि र खुबी के हो ?, उद्यम र उद्यमशिलता, रुचि र खुबीअनुसारको क्षेत्र पहिचान, इन्टरनेट र यसको सही उपयोगिताको बारेमा, महिनावारीमा हुने सरसफाइ र होममेड स्यानिटरी प्याडको प्रयोगमा हुने फाइदा र वित्तीय साक्षरता जस्ता महत्त्वपूर्ण विषयलाई  आफ्नो वृत्ति विकाससँग जोड दिँदै सहजीकरण भएको थियो । तलिममा संस्थाको सहयोगमा ११ र १२ कक्षामा विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत २१ जना युवायुवतीहको सहभागिता रहेको संस्थाका सहसंयोजक रमेश सुवेदीले जानकारी दिए ।

तालिम समापनको अवसरमा संस्थाका  कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले  युवाले आफ्नो जीवनको सफल प्रगतिका  निम्ति रुचि र क्षमताअनुसारको  उपयोगी सिपको पहिचान गरेर आगामी दिनमा एक सक्षम  र उदाहरणीय व्यक्ति बन्नुपर्नेमा जोड दिए । चिल्ड्रेन नेपालले युवाहरूमा सिप र क्षमता हुनुपर्नेमा विश्वास गर्दै सोहीअनुसार युवालाई यस खालको तालिम सञ्चालन गर्दै आएको उनले बताए । शर्माले  ३ दिनको यस कार्यशालाबाट  सिकेका  विषयलाई उपयोग गर्दै अगाडि बढ्न सुझावसहित शुभकामना दिएका थिए । सहभागीहरूले तीन दिनको तालिम अत्यन्तै प्रभावकारी र जीवन उपयोगी  भएको कुरा बताएका थिए । सहभागीले सिकेका विषयलाई व्यक्तिगत जीवनमा कार्यान्वयन गर्दै अगाडि बढ्ने कुरामा जोड दिएका थिए । तालिम कार्यशालालाई संस्थाका बालबालिका, युवा तथा परिवार कल्याण शाखा प्रमुख शारदा शर्मा तथा सहायक संयोजक सुनिता तिमिल्सिना, लीला न्यौपाने र विशाल घोतानेले  सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP