Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
आज आषाढ पन्ध्र- चन्द्रमणि अधिकारी – Sarangi News

आज आषाढ पन्ध्र

                                    – चन्द्रमणि अधिकारी

खोजेको रत्न पाएँ, पुलकित म भएँ आज साँच्चै करिश्मा

यो हो संयोग चोखो मधुरम विपना झल्किएको उषामा

ताजा सङ्कल्प जागा असल किसिमको प्राप्त गर्दा रमाएँ

राखेको तिर्सना हो शुभ मन सितको चाख नौलो म आएँ ।

 

खाएँ पाएँ मजाको शुभ शकुन यहाँ आज आषाढ पन्ध्र

रोपेको खेत राम्रो छुपुछुपु छ अहा भिन्न खाजा प्रबन्ध

मानो रोप्ने र फल्ला फसल अब मुरी खेतमा लाग्छ पानी

आएको बैँस जस्तै झलमल छ यहाँ स्वस्थ सङ्लो जवानी ।

 

नेपाली कार्यशैली अतिशय रसिलो लाग्छ संस्कार चोखो

पालेको स्वच्छ बानी मन हृदय सफा ज्ञानको नित्य भोको

देख्दा उत्साह जाग्यो मलजल पसिना बाउसे बन्न पर्ला

आए रोपार हुन्थ्यो अब शकुन यहाँ डाक्न के भन्न पर्ला ?

 

हो हो हो हो ह भन्दै सरल किसिमले लाग्छ मेलो बनाए

खेल्दै छन् जो हिलोमा लतपत गहिरो गर्न नाची रुचाए

नेपाली राष्ट्रवादी अघि बढ जनता आज लक्ष्मी उदाऊन्

गर्दाको काम राम्रो विकसित तरिका हुन्छ के त्यो बुझाऊन् ।

 

विद्यार्थी खेत पस्दा चहल पहलमा देखियो दिव्य दृष्टि

खाए खाजा दहीको सङ सङ चिउरा गर्छ आकाश वृष्टि

चाँजो पाँजो मिलाए लहर हल थिए आज गोरू मिलेका

नेपाली आत्म शोभा झिलमिल बहुतै लाग्छ आभा खिलेका ।

                                         तनहुँ, नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर


TOP