Trend
साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||  
मंगलबार , साउन २१, २०८२
आज आषाढ पन्ध्र- चन्द्रमणि अधिकारी – Sarangi News

आज आषाढ पन्ध्र

                                    – चन्द्रमणि अधिकारी

खोजेको रत्न पाएँ, पुलकित म भएँ आज साँच्चै करिश्मा

यो हो संयोग चोखो मधुरम विपना झल्किएको उषामा

ताजा सङ्कल्प जागा असल किसिमको प्राप्त गर्दा रमाएँ

राखेको तिर्सना हो शुभ मन सितको चाख नौलो म आएँ ।

 

खाएँ पाएँ मजाको शुभ शकुन यहाँ आज आषाढ पन्ध्र

रोपेको खेत राम्रो छुपुछुपु छ अहा भिन्न खाजा प्रबन्ध

मानो रोप्ने र फल्ला फसल अब मुरी खेतमा लाग्छ पानी

आएको बैँस जस्तै झलमल छ यहाँ स्वस्थ सङ्लो जवानी ।

 

नेपाली कार्यशैली अतिशय रसिलो लाग्छ संस्कार चोखो

पालेको स्वच्छ बानी मन हृदय सफा ज्ञानको नित्य भोको

देख्दा उत्साह जाग्यो मलजल पसिना बाउसे बन्न पर्ला

आए रोपार हुन्थ्यो अब शकुन यहाँ डाक्न के भन्न पर्ला ?

 

हो हो हो हो ह भन्दै सरल किसिमले लाग्छ मेलो बनाए

खेल्दै छन् जो हिलोमा लतपत गहिरो गर्न नाची रुचाए

नेपाली राष्ट्रवादी अघि बढ जनता आज लक्ष्मी उदाऊन्

गर्दाको काम राम्रो विकसित तरिका हुन्छ के त्यो बुझाऊन् ।

 

विद्यार्थी खेत पस्दा चहल पहलमा देखियो दिव्य दृष्टि

खाए खाजा दहीको सङ सङ चिउरा गर्छ आकाश वृष्टि

चाँजो पाँजो मिलाए लहर हल थिए आज गोरू मिलेका

नेपाली आत्म शोभा झिलमिल बहुतै लाग्छ आभा खिलेका ।

                                         तनहुँ, नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP