Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
सोमबार , साउन १८, २०८३
विद्यालयलाई प्रिन्टर हस्तान्तरण – Sarangi News

पोखरा । एक औपचारिक कार्यक्रमको आयोजना गरी चिल्ड्रेन–नेपाल पोखराले मासबार स्थित श्री कृष्ण माद्यमिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधार गर्नका लागि थ्रि इन वन प्रिन्टर हस्तान्तरण गरेको छ ।

कार्यक्रममा चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले दिन प्रतिदिन गर्ने कार्यलाई सरल र बैज्ञानिक बनाउनको लागी बिद्यालयको आबश्यकता र मागलाई संबोधन गर्ने गरीे थ्रि इन वन प्रिन्टर हस्तान्तरण गरिएको बताउनु भएको थियो । चिल्ड्रेन–नेपाल र श्री कृष्ण माद्यमिक विद्यालय बिचको सम्बन्ध नङ्ग र मासु बिचको जस्तो रहेको छ यस सम्बन्धले संस्थागतसंगै बालबालिकाहरुको पठनपाठन प्रक्रियामा पनि सहयोग पुग्ने अपेक्षा ब्यक्त गर्नु भएको थियो । चिल्ड्रेन–नेपालका महासचिब जयन्द्र भट्टराईले यो सहयोग देख्दा सानो जस्तो देखिए पनि यसको महत्व र प्रभाबकारीताले विद्यालय र बालबालिकाहरुको पठनपाठनमा उपलब्धि हासिल गर्ने कुरामा जोड दिनु भएको थियो । चिल्ड्रेन–नेपालका निबर्तमान अध्यक्ष एबं रास्ट्रिय बाल अधिकार परिषदका सदस्य भिमलाल गुरुङ्गले आफु कास्कीमा जिल्ला शिक्षा अधिकारी रहँदाको अनुभब ब्यक्त गर्दै श्री कृष्ण माद्यमिक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागी आफुले सहयोग गरेको कुरा बताउनु भएको थियो । उहाँले चिल्ड्रेन–नेपाल र श्री कृष्ण माद्यमिक विद्यालय बिचको सम्बन्ध २० बर्ष मात्र होइन सदिऔं सम्म रहनु पर्दछ भन्ने कुरामा जोड दिनु भएको थियो । उहाँले अहिले सम्मको यस अबस्थामा आइ पुग्नको लागी योगदान गर्नु हुने संस्था र बिद्यालयका अग्रजहरुलाई स्मरण गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णलाई बिद्यालयका प्रधानाध्यपक टिकाराम लामिछानेले स्वागत गर्नु भएको थियो ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोभाचन्द्र बरालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अध्यक्ष बरालले बिगतका अनुभबबाट सिकाई गर्दै आगामी दिनमा चिल्ड्रेन–नेपाल र श्री कृष्ण माद्यमिक विद्यालय बिचको सम्बन्ध फरक तरीकाबाट अगाडी बढेको कुरामा जोड दिनु भएको थियो । उहाँले सामाग्रीको उच्चतम सदुपयोग गर्दै उपयोग गर्ने कुरमा बिश्वास दिलाउनु भएको थियो । कार्यक्रममा बाल क्लबका सदस्य, शिक्षकहरु, चिल्ड्रेन–नेपालका बरिष्ठ कार्यक्रम अधिकृतद्धय शिब शर्मा चापागाई,शारदा शर्मा र सह संयोजक रमेश सुबेदी र सहायक संयोजक महेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सहायक प्रअ दिनेश शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP