Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
सोमबार , साउन १८, २०८३
अनिलको ‘आरु फुलेको साँझ’को चर्चा – Sarangi News

चितवन । कवि अनिल श्रेष्ठको कविता सङ्ग्रह `आरु फुलेको साँझ´ को तेस्रो सस्करणको परिचर्चा शनिबार चितवनमा सम्पन्न भएको छ ।

इच्छा कामना एफएम, कुरिनटारले आयोजना गरेको कार्यक्रममा समीक्षक तेजविलास अधिकारीले कविता सङ्ग्रहबारे आफ्नो समीक्षात्मक दृष्टिकोण राखेका थिए ।

कवि कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कवि सुदर्शन कट्टेल, रामजी त्रिपाठी, ईश्वरविलास अधिकारी र पत्रकार हिरालाल गुरुङले कविता सङ्ग्रहमा रहेका एक एकओटा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि अनिलले सङ्ग्रहभित्र रहेका केही कविताहरूको रचनागर्भबारे आफ्नो अनुभव र अनुभूतिहरू राखेका थिए । इच्छा कामना एफएमका दानबहादुर गुरुङले कार्यक्रममा सहभागी साहित्यकारहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कविता सङ्ग्रहलाई जनमत प्रकाशन नेपाल, बनेपाले प्रकाशन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP