Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
पौडीका राष्ट्रिय खेलाडी सलिप श्रेष्ठलाई अमेरिकी युनिभर्सिटीको पूर्ण छात्रवृत्ति – Sarangi News

पोखरा । पौडीका राष्ट्रिय खेलाडी सलिप श्रेष्ठलाई अमेरिकाको मिसिसिपी राज्यअन्तर्गत रहेको ‘द युनिभर्सिटी अफ साउथर्न मिसिसिपी’ ले पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाएपछि उनी कम्प्युटर साइन्समा स्नातक तह अध्ययनका लागि त्यसतर्फ लाग्ने तयारीमा रहेका छन् । उनलाई युनिभर्सिटीले खान बस्नको लागि  पनि  निःशुल्क सुविधा  प्रदान गरेको उनका बुबा साहित्यकार दीपक समीपले जानकारी दिए ।

वि. सं. २०६१ साल कार्तिक ४ गते पोखरामा जन्मिएका सलिप श्रेष्ठको पुर्ख्यौली घर मध्यनेपाल नगरपालिका, वडा नम्बर ३,  सोतीपसल, लमजुङ हो । हाल उनी  प्रगतिटोल, चाउथे, पोखरामा  स्थायी बसोबास गरिरहेका छन् ।

उनले कन्चनजङ्घा बोर्डिङ स्कुल, फूलबारी  पोखरामा नर्सरी, कास्की मोर्डनाइज्ड एकेडमी, चाउथे पोखरामा एलकेजीदेखि कक्षा ३ सम्म र कक्षा ४ देखि  कक्षा १२ सम्म गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखरामा अध्य्यन गरेका हुन् ।

कास्की  जिल्ला र गण्डकी प्रदेशमा पौडीमा उकृष्ट  भई विभिन्न पदक विजेता  उनी आठौं र नवौं राष्ट्रिय  खेलकुद प्रतियोगिता सहभागी भएका थिए । अध्ययनका लागि अमेरिकी भिजा प्राप्त गरिसकेका उनी यही आउँदो अगष्ट महिनामा  अमेरिका प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP