Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
पौडीका राष्ट्रिय खेलाडी सलिप श्रेष्ठलाई अमेरिकी युनिभर्सिटीको पूर्ण छात्रवृत्ति – Sarangi News

पोखरा । पौडीका राष्ट्रिय खेलाडी सलिप श्रेष्ठलाई अमेरिकाको मिसिसिपी राज्यअन्तर्गत रहेको ‘द युनिभर्सिटी अफ साउथर्न मिसिसिपी’ ले पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाएपछि उनी कम्प्युटर साइन्समा स्नातक तह अध्ययनका लागि त्यसतर्फ लाग्ने तयारीमा रहेका छन् । उनलाई युनिभर्सिटीले खान बस्नको लागि  पनि  निःशुल्क सुविधा  प्रदान गरेको उनका बुबा साहित्यकार दीपक समीपले जानकारी दिए ।

वि. सं. २०६१ साल कार्तिक ४ गते पोखरामा जन्मिएका सलिप श्रेष्ठको पुर्ख्यौली घर मध्यनेपाल नगरपालिका, वडा नम्बर ३,  सोतीपसल, लमजुङ हो । हाल उनी  प्रगतिटोल, चाउथे, पोखरामा  स्थायी बसोबास गरिरहेका छन् ।

उनले कन्चनजङ्घा बोर्डिङ स्कुल, फूलबारी  पोखरामा नर्सरी, कास्की मोर्डनाइज्ड एकेडमी, चाउथे पोखरामा एलकेजीदेखि कक्षा ३ सम्म र कक्षा ४ देखि  कक्षा १२ सम्म गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखरामा अध्य्यन गरेका हुन् ।

कास्की  जिल्ला र गण्डकी प्रदेशमा पौडीमा उकृष्ट  भई विभिन्न पदक विजेता  उनी आठौं र नवौं राष्ट्रिय  खेलकुद प्रतियोगिता सहभागी भएका थिए । अध्ययनका लागि अमेरिकी भिजा प्राप्त गरिसकेका उनी यही आउँदो अगष्ट महिनामा  अमेरिका प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP