पोल्याङमा सवारी दुर्घटना मोटर साईकल चालक र सवार गम्भीर घाईते। – Sarangi News

कास्की। कास्कीको रुपा गाउपालिका ३ पोल्याङयाङ्गमा सवारि दुर्घटना भएको छ। लेखनाथ यातयातको पोखरा देखि आउदै गरेको ग १ ख ७६८६ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको ग १५ प ८४८३ नम्बरको मोटर साईकल आपसमा ठोकिदा दुर्घटना भएको हो। बिहान करीब ७:३० बजे भएको दुर्घटनामा मध्यनेपाल नगरपालिका वडा नं ६ लमजुङ निवासी बिपेन्द्र बिक बर्ष २१ र बिबेक बिक बर्ष २४ रहेको प्रहरी स्रोतले जनाए। घाइतेहरुमा विवेक बिकको अवस्था चिन्ताजनक रहेको छ। बसमा सवार साबित्री अधिकारीको भनाई अनुसार मोटर साईकल अत्यधिक गतिमा भएको कारण दुर्घटना भएको बताएकि थिइन।

बस चालक विशाल गुरुङ, बस र मोटरसाईकललाई प्रहरिले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको साथै घाइते दुबैजनालाई पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा पठाईएको डाँडाको नाँकका प्रहरी प्रमुख डिएसपि प्रकाश दाहालले जानाकारी गराउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

​दीपक माविको ६७ औं वार्षिकोत्सव सम्पन्न, लोकनृत्यमा न्यू वेस्ट पोइन्ट प्रथम

साहित्यकार सुरज उपाध्यायलाई पितृशोक


TOP