पोल्याङमा सवारी दुर्घटना मोटर साईकल चालक र सवार गम्भीर घाईते। – Sarangi News

कास्की। कास्कीको रुपा गाउपालिका ३ पोल्याङयाङ्गमा सवारि दुर्घटना भएको छ। लेखनाथ यातयातको पोखरा देखि आउदै गरेको ग १ ख ७६८६ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको ग १५ प ८४८३ नम्बरको मोटर साईकल आपसमा ठोकिदा दुर्घटना भएको हो। बिहान करीब ७:३० बजे भएको दुर्घटनामा मध्यनेपाल नगरपालिका वडा नं ६ लमजुङ निवासी बिपेन्द्र बिक बर्ष २१ र बिबेक बिक बर्ष २४ रहेको प्रहरी स्रोतले जनाए। घाइतेहरुमा विवेक बिकको अवस्था चिन्ताजनक रहेको छ। बसमा सवार साबित्री अधिकारीको भनाई अनुसार मोटर साईकल अत्यधिक गतिमा भएको कारण दुर्घटना भएको बताएकि थिइन।

बस चालक विशाल गुरुङ, बस र मोटरसाईकललाई प्रहरिले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको साथै घाइते दुबैजनालाई पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा पठाईएको डाँडाको नाँकका प्रहरी प्रमुख डिएसपि प्रकाश दाहालले जानाकारी गराउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP