Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
सोमबार , साउन १८, २०८३
बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ सिल फुटबल शुरु। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका १ जिताकोटमा बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ सिल फुटबल शुरु भएको छ। हरेक बर्ष साउने सक्रान्तीको अवसर पारेर खेलाईने खेल गोल्डेन फ्युचर युवा क्लबको आयोजनामा वडा सदस्य सन्त बहादुर गुरुङको प्रमुख आतिथ्यमा एवम क्लबको अध्यक्ष सुब्बा गुरुङको सभापतित्वमा यस बर्ष आज साउन दुई गतेबाट शुरु भएको हो।

लमजुङ, पोखरा, तनहुँ गोर्खा, चितवन लगायतका खेलाडि टिमहरु यस बर्षमा पनि बिगतका बर्षहरुमा झै ३६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष गुरुङले बताउनु भएको थियो। घाँटु चुड्का जस्ता सांस्कृतिक कार्यक्रम सहित हुने साउने सक्रान्ती पर्वलाई निरन्तरता दिन नसकेता पनी फुटबल खेल द्वारा जिताकोटको यस पर्वलाई साउने सक्रान्ती पर्वको रुपमा धान्न सकिएको अध्यक्ष गुरुङ बताउछन।

विभिन्न राजनैतिक दलका नेता तथा बुद्दिजिवी वर्गहरु समाजसेविहरुको अतिथि उपस्थित रहेको कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि गुरुङले हामिले गाउका गाउलेवासीहरु बसाई सराईका कारण घाँटु चुड्का जस्ता सस्कृतिलाई जगेर्ना गर्न नसकेता पनी खेल जगतमा ठूलो प्राप्ती गरि रहेका छौ जसका कारण जिताकोटमा भव्य फुटबल खेल भै रहेको छ। युवाहरुको खेल जगतमा भविष्य निर्माण गर्न सफल रहेका छौं र यसरी नै आगामी बर्षहरुमा निरन्तरता पाउने अपेक्षा सहित हामिले अर्थात स्थानिय सरकारले  खेल जगतको लागि गर्न पर्ने पहल पुर्ण रुपमा रहने बताउदै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो।

सर्वनन्दन प्राविको खेल मैदानमा भएको उद्घाटन खेल आयोजक टिम गोल्डेन फ्युचर युवा क्लब र करापुटार युवा क्लबको बिच रहेको थियो जसमा आयोज टिम गोल्डेन फ्युचर युवा क्लव एक गोलका बिरुद्द आठ गोलले पराजित हुन पुगेको थियो। बाँकी खेलहरु भोलि हुने र खेलाडीहरु समयमा उपस्थित नहुदा खेल ढिला हुने हुदा सबै खेलाडी साथिहरुलाई समयमा नै उपस्थित भैदिन अपिल समेत अध्यक्ष सुब्बा गुरुङ्ले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP