Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
मंगलबार , साउन १९, २०८३
दोस्रो चरणको खेल सकियो भोलीदेखी क्वार्टर फाईनल। – Sarangi News

लमजुङ। बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग सिल्ड खेलको पाचौ दिन दोस्रो चरणको खेल सकियो भोलि देखि क्वार्टर फाईनल हुने भएको छ।

गोल्डेन फ्युचर युवा क्लबद्वारा आयोजित मध्यनेपाल नगरपालिका वडा नं १ जितामा भैरहेको चालिसौ साउने सक्रान्ती मेला अन्तर्गत फुटबल खेल पहिलो भोर्लेटार युनाईटेड ए र क्रीयटीव युथ क्लब डढुवा बिच भएको थियो। क्रीयटिवले भोलेटारलाई शुन्यका बिरुद्द दुई गोलले पराजीत गर्दै क्रीयटिव क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

त्यसपछि दोस्रो खेल केवाईसी खमारीबोट र भोर्लेटार युनाईटेड सि बिच भएको थियो। जसमा खमारीबोटले भोर्लेटार युनाईटेड सिलाई शुन्यका बिरुद्द दुई गोलले पराजित गर्दै खमारिबोट क्वार्टरफाईनमा प्रवेश गरेको छ।

त्यस्तै तेस्रो खेल बर्दान एफ सि र गहते एफ सि बिच भएको थियो जसमा बर्दान एफ सिले गहतेलाई शुन्यका बिरुद्द एक गोलले पराजित गर्दै बर्दान एफसि क्वार्टर फाईनलमा प्रवेश गरेको छ।

चौथो खेल देविस्थान एफ सि बाङ्रे र करापुटार क्लब बिच भएको थियो। यसमा करापुटार क्लब रामबजारले शुन्यका बिरुद्द तीन गोलले देबिस्थानलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

पाचौं खेल रानिपानी एफ सि र गन्ने एफ् सि पोखरा बिच भएको थियो। जसमा गन्ने एफ सी पोखाराले दुईका बिरुद्द एक गोलले रानिपानीलाई पराजित गर्दै क्वार्टर फाईनलमा प्रवेश गरेको छ।

छैटौ खेल नमुना एफ सी नेटा र फ्रेण्डसिप एफ सी खलक बिच भएको थियो जसमा फ्रेण्डसिपले चार गोलका बिरुद्द शुन्यले नमुनालाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

सातौ खेल एस एस वाईसी सिरुवानी र तान्द्राङ टक्सार एफ सि बिच भएको थियो। सिरुवानिले एक गोलका बिरुद्द तान्द्राङ्लाई पराजित गर्दै सिरुवानी क्वार्टरमा प्रवेश गरेको छ।

आठौ तथा आजको अन्तिम खेल टिम सोतीपसल र सुन्दरबजार बिच भएको थियो। खेलको दौरान कुनै गोल हुन नसकेपछि पेनाल्टीमा सुन्दर बजारले तीन गोल गर्न सफल भए भने सोतीपसलले दुई गोलमा हार स्विकार्नु पर्यो यो सङै सुन्दरबजार क्वार्टर फाईनलमा प्रवेश गरेको छ। दोस्रो चर्क्णको खेल सकिएसङै भोलि क्वार्टर फाइनलमा चौध टिमको सात खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP