Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
सोमबार , साउन १८, २०८३
सारङ्गीकर्मी घिमिरेलाई गङ्गा लिगल कबा रचना पुरस्कार – Sarangi News

काठमाडौँ । सारङ्गी न्युजका साहित्य संयोजक रमेशचन्द्र घिमिरे गङ्गा लिगल कबा रचना पुरस्कारबाट सम्मानित भएका छन् ।

 कपन बानेश्वर साहित्यिक साप्ताहिक एघार वर्ष पूरा गरी बाह्र वर्ष लागेको अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी घिमिरेसहित विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको हो ।

पत्रिकाका सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकार विमल अर्याललाई  वरिष्ठ साहित्यकार प्राध्यापक जगतप्रसाद उपाध्यायले प्रमाणपत्र ,दिव्य गिरीले खादा, गायक पुष्कर जङ्गमले माला,पत्रकार गङ्गाप्रसाद भेटवालले सास प्रदान गरी कबा विशिष्ट सम्मान अर्पण गर्नुभयो । साहित्यिक पत्रकार मुरारि सिग्देललाई वरिष्ठ साहित्यकार विजय चालिसेले प्रमाणपत्र,किशोर पहाडीले खादा, रामप्रसाद पन्तले माला,प्रवीण जोशीले सास र केशव सान्दाइले नगद प्रदान गरी महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार २०७९ अर्पण गर्नुभएको थियो ।यसरी नै दिवाकरप्रसाद आचार्यलाई नालाङ्ग कबा रचना पुरस्कार २०७९, शान्ति रिसाललाई पुष्करप्रसाद श्यामा खरेल कबा रचना पुरस्कार २०७९, रमेशचन्द्र घिमिरेलाई गङ्गा लिगल कबा रचना पुरस्कार २०७९, युगीन नेपाललाई हेमगङ्गा कबा रचना पुरस्कार २०७९ र तिलक पोखरेल ( म्यान्मा) लाई कबा रचना पुरस्कार २०७६ अर्पण गरिएको थियो । वहाँहरुलाई क्रमश  वेदमणि घिमिरे,गौरी आचार्य,अच्युतप्रसाद पौडेल चिन्तन,चेतनाथ धमला,विनोद रुपाखेतीले प्रमाणपत्र ,वासुदेव गुरागाइ,अरुणा खरेल,रामचन्द्र दाहाल,विक्रम श्रेष्ठ सागरले खादा,ओमप्रसाद कोइराला,करुणा खरेल,राधेश्याम लेकाली,पुरुषोत्तम ढुङ्गेल,कात्यायनले माला,शितल  गिरी,डा गीता खरेल,रजनी बस्नेत,अस्विनि कोइरालाले सास र माधवलाल श्रेष्ठ ,संचिता खरेल,गङ्गा लिगल, कविता आचार्य, प्रशुराम अधिकारीले नगद समर्पण गरेर  पुरस्कृत गर्नुभएको थियो । सभापति शङ्कर  भरतीले स्वागत , कार्यक्रम सञ्चालक विमल कोइरालाले धन्यवाद र पुरस्कृतहरुको तर्फबाट दिवाकरप्रसाद आचार्य र रमेशचन्द्र घिमिरेले मात्र छोटो सम्बोधन गर्नुभएको थियो ।त्रिलोचन आचार्य,दुर्गा अधिकारी भमरकोटे  र पविता न्यौपाने काफ्लेले पुरस्कृतहरुको बारेमा रचना वाचन गर्नुभएको थियो ।सहभागीहरु मध्येबाट तारा खड्काले भाग्यशाली पुरस्कार जित्नुभएकोले शरदा आचार्यले खादा र नगद प्रदान गरी सम्मानित गर्नुभएको थियो ।नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर २०६९ सालदेखि हरेक शुक्रबार निरन्तर रुपमा प्रकाशित हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP