Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
सोमबार , साउन १८, २०८३
निष्पक्ष माविलाई विदेशी दम्पतीको १५ लाख सहयोग – Sarangi News

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५, रिभानस्थित निष्पक्ष माध्यमिक विद्यालयलाई एक विदेशी दम्पतीले १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

स्वीजरल्याण्डका मार्टिन सिँगर र कुस्शी दम्पतीले सो रकम प्रदान गरेका हुन् । सहयोग रकमको चेक स्वीजरल्याण्डकै नागरिक एरिकले विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर रावतलाई हस्तान्तरण गरेका छन् । गत वर्ष असारमा अविरल वर्षापछि पहिरोबाट जोखिममा परेको विद्यालयलाई पहिरो रोकथामका लागि सो रकम प्राप्त भएको प्रधानाध्यापक रावतले जानकारी दिए ।

स्वीजरल्याण्डका व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा पुग्दा खेल मैदानसम्म पहिराले लगेको प्रत्यक्ष देखेपछि उनीहरुमा सहयोगको भावना जागृत भएको थियो । त्यस बेला आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका उनीहरुले सहयोग रकम एरिकमार्फत विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक रावतले बताए । उनका अनुसार विद्यालयका पूर्व अङ्ग्रेजी शिक्षक क्रान्ति गिरीमार्फत सम्पर्कमा आएका एरिकले सहयोग जुटाएका थिए ।

पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट रु पाँच लाखका दरले बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ । संरक्षणका कामका लागि रु ३५ लाख खर्च लाग्ने अनुमान गरिएपनि चालू वर्षमा भने प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष नारायण प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतराज अधिकराी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक सङ्घका सदस्यहरू, सहायक प्रधानाध्यापक सोमनाथ लामिछाने, सहयोग रकमका लागि सहजीकरण गर्ने विद्यालयका पूर्वशिक्षिका क्रान्ति गिरीलगायतले सहयोग प्राप्त भएकामा खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP